ऐतिहासिक ग्यालरी कक्षमा द्रव्य शाह, पृथ्वीनारायण शाह, सुरप्रताप शाहदेखि राणाकालीन समयमा प्रयोग भएका हातहतियार प्रदर्शनीमा राखिएको छ।
काठमाडौँ– छाउनीस्थित राष्ट्रिय संग्रहालयमा रहेको ऐतिहासिक हातहतियार प्रदर्शनीमा राखिने ग्यालरी कक्ष नौ वर्षपछि पुनः सञ्चालनमा आएको छ। शुक्रबार पुरातत्त्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले उक्त कक्षको उद्घाटन गरेकी हुन्।
०७२ सालको भूकम्पमा हातहतियार प्रदर्शनी कक्षमा क्षति पुगेपछि सर्वसाधारणको अवलोकनका लागि बन्द गरिएको थियो। उक्त कक्ष पुनर्निर्माणपछि पुनः सर्वसाधारणका लागि खुल्ला गरिएको हो।

ऐतिहासिक ग्यालरी कक्षमा द्रव्य शाह, पृथ्वीनारायण शाह, सुरप्रताप शाहदेखि राणाकालीन समयमा प्रयोग भएका हातहतियार प्रदर्शनीमा राखिएको छ। पृथ्वीनारायण शाहदेखि वीरेन्द्र शाहसम्मको तेल चित्रकला (आयल पोट्रेट) पनि राखिएको छ।
पृथ्वीनारायण शाहको फलामे कबजदेखि रणबहादुर शाहको खेलौना तोप, नेपाल–तिब्बतबीचको पहिलो युद्धमा जफत गरिएको छालाका तोप, मिर्कासिमी फौजबाट जफत गरिएको हातहतियार लगायतका सामग्री प्रदर्शनीका आकर्षण हुन्।

संग्रहालयका प्रमुख जयराम श्रेष्ठ संग्रहालयका कर्मचारीबीचको ‘टिमवोर्क’सहित विज्ञसँगको सहकार्यबाट उक्त कक्ष पुनः सञ्चालन सम्भव भएको बताए।
कक्षकी इन्चार्ज मिमी प्रधानले प्रदर्शनी कक्ष र भण्डारमा गरी करिब ५० हजार ऐतिहासिक हातहतियार रहेको बताइन्। “संग्रहालयमा प्रदर्शनी भएको वस्तु मात्र संग्रहालय पूर्ण हुँदैन,” इन्चार्ज प्रधानले भनिन्, “६० प्रतिशत सामग्री संग्रहालयको भण्डारमा पनि रहन्छ।”

प्रदर्शनी कक्षसहित भण्डारको व्यवस्थापनमा समेत ध्यान दिनुपर्नेमा उनले जोड दिइन्। संग्रहालयमा अवलोकनकर्ता हेर्न मात्र नभई अध्ययन प्रयोजनका लागि समेत आउने भएकाले संग्रहसमेत व्यवस्थित हुनुपर्ने बताउँछिन्।
विदेशमा अनुसन्धानकर्ताका लागि भण्डारण स्थलसमेत खुल्ला गरिने उल्लेख गर्दै संग्रहालयको उक्त अभ्यासलाई सबल बनाउन संग्रहालयलाई सुदृढ गर्नुपर्ने भए पनि समस्या बजेटमा आएर अड्कने उनको भनाइ छ।

२५ वर्ष सोही कक्षमा काम गरेकी इन्चार्ज प्रधान बजेटकै कारण कक्षलाई पुनर्स्थापना गर्न समय लागेको बताइन्। “दुई वर्षमा बिस्तारै थोरै–थोरै जम्मा गर्दै आएको बजेटबाट आज कक्ष पुनः सञ्चालनमा आयो,” उनी भन्छिन्, “सुरक्षा व्यवस्थामा पनि सजग हुनुपर्ने छ। सबै भिजिटर (अवलोकनकर्ता) एकै किसिमको हुँदैनन्।”
विभिन्न कालखण्डमा प्रयोग भएको हतियार, शाहवंशीय निजी सामग्रीको रेखदेखका लागि सुरक्षा व्यवस्थामा बलियो दिनुपर्ने उनी बताउँछिन्। हाल ग्यालरीको सुरक्षा सिसीक्यामेरा र सङ्ग्रहालयबाट तैनाथ हुने सुरक्षागार्ड र दिवा समयमा कक्षामा खटिएका दुई कर्मचारीमै सीमित छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
