ताइवानमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प

ताइवानको पूर्वी तटमा बिहीबार ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। साे भूकम्पबाट भएकाे क्षतिकाे विवरण प्राप्त भएकाे छैन।

तस्वीर : गुगल म्याप

ताइवानको पूर्वी तटमा बिहीबार ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। बिहीबार मध्याह्न ह्वालियन काउन्टीको तटबाट ३० किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।

त्यसपछि धेरै हल्का पराकम्पनहरू गएको टापुको मौसम विभागले जनाएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षणले भने यो भूकम्प ५.९ म्याग्निच्युडको भएको बताएको छ। क्षति वा हताहतको भने हालसम्म प्राप्त भएको छैन।

“ताइवानमा भूकम्पको धक्का महशुस गरिएको भूकम्प विज्ञान केन्द्रका प्रमुख चेन कुओ–चाङले पत्रकारहरूलाई जानकारी दिए। “हालसम्म आठ वटा पराकम्पन गएको छ। आगामी तीन दिनमा थप परकम्प आउने अनुमान गरेका छाैँ”, चाङले भने। ताइवानको सबवे र रेलवे अधिकारीले दुबै रेलहरू कम गतिमा चलिरहेको तर, सेवा रोकिएको बताएका छन्।

दुई टेक्टोनिक प्लेटको जक्सननजिकै रहेको टापुको कारण ताइवानमा नियमित भूकम्प जाने गरेकाे छ। कतिपय ६.० म्याग्निच्युड वा सोभन्दा बढीको भूकम्प घातक साबित हुन सक्छ। गत सेप्टेम्बरमा ताइवानको पूर्वी तटमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो।