रेशम चौधरीलगायत टीकापुर घटनामा सजाय भोगिरहेकाहरूलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै थारू समुदायले माइतीघरमा प्रदर्शन गरेको छ।
काठमाडौँ- टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघर मण्डलामा थारू समुदायले प्रदर्शन गरेका छन्।
थारू कल्याणकारिणी सभा र थरुहट/थारूवान संयुक्त संघर्ष समितिले आयोजना गरेको प्रदर्शनमा थारू समुदायसँग सम्बन्धित पार्टी, संघ, संगठन तथा व्यक्तिहरूको उपस्थिति थियो ।
सरकारले गत आइतबार टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई छुटाउने मनसायसहित मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो। सोही अध्यादेशलाई छिटोभन्दा छिटो प्रमाणीकरण गर्न माग गर्दै थारू समुदायले प्रदर्शन गरेका हुन्।
उनीहरूले अध्यादेश अविलम्ब प्रमाणीकरण गरिनुपर्ने र रेशम चौधरीलगायत टीकापुर घटनामा कैदको सजाय भोगिरहेका बन्दीलाई कैदमुक्त गर्नुपर्ने माग राखेका छन्।
धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र चौधरीले रेशम चौधरीलगायतका आरोपित व्यक्तिहरू निर्दोष रहेका बताए। उनले टीकापुर घटनाको सम्बन्धमा नेपाली काग्रेसको आधिकारिक धारणासमेत माग गरे। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारले ल्याएको अध्यादेशको विरोध गरेको भन्दै उनले पार्टीको धारणा स्पष्ट पार्न अनुरोध गरे।
कांग्रेसका उपसभापति तथा महामन्त्रीद्वयले थारू समुदाय तथा न्यायप्रेमी जनताको विरुद्धमा बोलेको बताउँदै टीकापुर घटनालाई हेर्ने कांग्रेसको दृष्टिकोणमा परिवर्तन नआएको दाबी गरे।
उनले भने, “टीकापुर घटना हेर्ने नेपाली कांग्रेसको दृष्टिकोणमा परिवर्तन आएको छैन। आधिकारिक धारणा के हो? खुलेर भन्नुपर्यो। लुकेर भनेर हुँदैन। त्यसपछि हामी पनि हिसाबकिताब गरौँला। त्यो हाम्रो चुनौती छ।”
त्यस्तै, उनले टीकापुर घटनाको सम्बन्धमा नेकपा (एमाले) ले द्वैध चरित्र देखाएको आरोप लगाए। विगतमा एमाले सरकारले पनि रेशम चौधरीको रिहाइको लागि सम्झौता गरेको उल्लेख गर्दै चौधरीले आफूले सम्झौता गर्दा ठिक र अरूले गर्दा बेठिक भनी एमालेले द्वैध चरित्र प्रदर्शन गरेको बताए।
उनले अध्यादेश संवैधानिकरूपमा आएको भन्दै छिटोभन्दा छिटो प्रमाणीकरण हुनुपर्नेमा जोड दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
