उत्सवको मुख्य आकर्षण रहेको कविता साँझमा सिक्किम–दार्जिलिङका नेपाली भाषीलगायत कविहरूले कविता वाचन गरेका थिए।
गान्तोक– सिक्किमको राजधानी गान्तोकमा चिया कविताको ११औँ वार्षिकोत्सव बुधबार सम्पन्न भएको छ। उत्सवको मुख्य आकर्षण रहेको कविता साँझमा सिक्किम–दार्जिलिङका नेपाली भाषीलगायत कविहरूले कविता वाचन गरेका थिए।
चिया कविता सिक्किमले आफ्नो वार्षिक उत्सवको अवसरमा भारतका पूर्वप्रधानमन्त्री तथा कवि अटल बिहारी वाजपेयीलाई पनि स्मरण गऱ्यो। चिया कविताको वार्षिकोत्सवकै दिन (डिसेम्बर २५) वाजपेयीको पनि जन्मजयन्ती पर्ने हुँदा वाजपेयीका कविता वाचन सत्र पनि रहेको थियो।
कार्यक्रमको समापन गर्दै कवि तथा आख्यानकार प्रवीण राई जुमेलीले आफ्नो मन्तव्यमा भने, "कार्यक्रम अनाैपचारिक भए पनि साहित्य प्रवर्द्धनका क्षेत्रमा चिया कविताले आफ्नो लक्ष्य बिराएको छैन।"
उनले २०१४ देखि नै चिया किविताको सहयात्रामा आफू रहेको अनुभव साझा गर्दै यसले तामझाम र अनावश्यक कुराहरूलाई नभएर केवल साहित्य तथा कलालाई ध्यानमा राख्दै काम गरेको बताए।
यसैगरि कवि डा प्रदीप त्रिपाठीले सिक्किममा कविताको निम्ति सबैभन्दा सक्रिय मञ्च चिया कविता रहेको भन्दै आफू पनि सहभागी हुन पाउँदा खुसी व्यक्त गरे।

चिया कविताको कविता साँझमा नेपाली, अंग्रेजी र हिन्दी भाषाका कविहरूले कविता सुनाएका थिए। जसमा डा इडेन भोटिया, गोपाल यात्री, प्रवीण राई जुमेली, जिवीका अश्रु, निलम गुरुङ, सविना राई, सुरज शर्मा, पुरण भण्डारी, जीवन छेत्री, सुजल प्रधान, सुचन प्रधान, सोनाम पाल्जोर, दावा योञ्जन, भीम रावत, डा प्रदीप त्रिपाठी, प्रवीण खालिङले स्वरचित कविताहरू सुनाएका थिए।
कार्यक्रममा साहित्यकारका साथै चित्रकला र संगीतमा सक्रिय व्यक्तिहरूको पनि उपस्थिति थियो। जसमा चित्रकार पारस राई, धीरज लामिछाने, संगीतकर्मी रोयस तामाङलगायत अन्यको उत्साहजनक उपस्थिति रहेको थियो।
सन् २०१४ देखि शुरू भएको चिया कविता सिक्किमले अनौपचारिक कविता कार्यक्रममा किताब चर्चा, विमोचनका साथै विगत दुई वर्षदेखि चिया कविता पुरस्कार प्रदान गर्दै आएको छ।
यस अतिरिक्त चिया कविताले हिउँमा कविता, इको पोयट्री, बायोलेटुरा, गाउँमा कविता, पाठक सम्मान, कविता साँझ, जिल्लामा कविता जस्ता कार्यक्रमहरू पनि आयोजन गर्दै आएको छ। यस्तै, दुर्लभ पुस्तकहरूको नयाँ संस्करण प्रकाशित गर्ने पहल पनि गर्ने चिया कविताको तयारी छ।
चिया कविता सिक्किमको कार्यक्रमबाट प्रभावित भएर काठमाण्डौमा पनि चिया कविता नेपाल कार्यक्रम सञ्चालन हुँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
