एमाले अध्यक्ष ओली र माओवादी महासचिव गुरूङबीच भेट

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी महासचिव देवप्रसाद गुरूङबीच भएकाे भेटमा के कुराकानी भयाे भन्ने बाहिर आएको छैन।

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी महासचिव देवप्रसाद गुरूङबीच भेटवार्ता भएको छ।

ओली निवास बालकोटमा भएको भेटमा के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन। आफू मंगलबार साँझ एमाले अध्यक्ष ओलीलाई बधाई तथा शुभकामना दिन बालकोट गएको गुरूङले बताए।

“उहाँ प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि बधाई दिन गएको हुँ। अरू खासै कुराकानी भएन”,उनले भने। नयाँ सरकार गठन गर्ने समय भएसँगै नेताहरूले भेटवार्तालाई तीव्र पारेका छन्।