टीआरसी र सीआईईडीपीका पदाधिकारी नियुक्तिको लागि गठित सिफारिस समितिले आफ्नो कार्यकाल समाप्त भएको जनाउँदै पुनः नियुक्ति प्रक्रिया अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ।
काठमाडौँ– बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग (सीआईईडीपी) र सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी)को अध्यक्ष तथा सदस्य नियुक्तिको लागि गठित सिफारिस समितिले आफ्नो कार्यकाल समाप्त भएको जनाउँदै पुनः नियुक्ति प्रक्रिया अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ।
संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउनका निम्ति यी दुवै आयोगका पदाधिकारीहरू नियुक्त हुन आवश्यक छ। त्यसैले सिफारिस समितिका सदस्य एवं प्रवक्ता खम्मबहादुर खातीले नियुक्तिको प्रक्रिया फेरि अगाडि बढाउन मन्त्रिपरिषद्सँग आग्रह गर्दै सोमबार विज्ञप्ति जारी गरेका हुन्।
गत कात्तिक २ गते गठित यस समितिको कार्यकाल पुस १ गते (आज) समाप्त भएको छ। यो दुई महिनाको अवधिमा सिफारिस समितिका पदाधिकारीबीच नै मतैक्यता हुन नसक्दा सिफारिस कार्य समयमै नटुंगिएकाले यसलाई अझ व्यापक र प्रभावकारी बनाउनुपर्ने समितिको निष्कर्ष छ।
अध्यक्ष र सदस्यका लागि आवेदन दिएका ४० जनामध्येबाट दुवै आयोगका अध्यक्षसहित ५/५ जना सदस्य गरी १० जना सिफारिस गर्नुपर्ने छ। आयोगमा कम्तीमा एक जना महिला रहने गरी अध्यक्षसहित पाँच जना सदस्य रहने छन्।
सिफारिस समितिभित्र केही विषयमा मतैक्यता हुन नसकेकोले बहुमत र अल्पमतको निर्णय गर्दा शान्ति प्रक्रियालाई दूरगामी असर पर्न सक्ने भन्दै समितिले आयोगका पदाधिकारीका लागि उपयुक्त व्यक्तिहरूको खोजी गर्न पनि सुझाएको छ।
यो पनि: कानून बन्यो, अब कसरी टुंगिन्छन् १८ वर्षदेखि अल्झिएका द्वन्द्वकालीन मुद्दा?
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
