पहिचान पुरस्कार कोषले २०८०/२०८१ को पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’ले प्रदान गर्ने भएको छ।
काठमाडौँ– पहिचान पुरस्कार कोषले २०८०/२०८१ को पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’ले प्रदान गर्ने घोषणा गरेको छ।
मंसिर २८ गते बसेको कोषको बैठकले जुरीबाट आएको निर्णयलाई आधार मानी उत्कृष्ट आठ पुस्तकमध्येबाट ‘ओ पेङ्दोर्जे’लाई चार लाख दुई हजार दुई रुपैयाँसहित ताम्रपत्र प्रदान गर्ने घोषणा गरेको हो।
ओ पेङदोर्जे कवितासंग्रहले गोर्खा राज्य विस्तार हुनुअघि र गोर्खा राज्य विस्तार भएपछि आफ्नो पचिानका लागि रगतपसिनाका साथै जीवन आहुती दिने तामाङ जाति र अन्य भुईं मान्छेले खेपेको शोषणको बारेमा बताएको छ। साथै उनका कविताले सांस्कृतिक जागरणको आह्वान गर्दै आफ्नो पहिचान रक्षाका लागि आवाज बुलन्द पारेका छन्।
विषय, शिल्प, शैली, प्रस्तुति सबै दृष्टिकोणले कवितासङ्ग्रह ‘ओ पेङ्दोर्जे’लाई पहिचान पुरस्कार दिने घोषणा गरिएको संस्थापक नरेश काङमाङ राईले बताए। कोषले जनाएअनुसार चैत २३ गते भोजपुरको टेम्के मैयुङ गाउँपालिका–४ को सुन्दर चखिया डाँडामा पुरस्कार वितरण गरिने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
