मंगलबार ७७ करोड ७० लाख ८९ हजार रुपैयाँबराबरका २० लाख ५८ हजार ५१० कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
काठमाडौँ– साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ।
मंगलबार नेप्से परिसूचक २.५७ अंकले घटेर १८९९.७० विन्दुमा कायम भएको हो। सोमबार भने नेप्से परिसूचक १६.९५ अंकले बढेको थियो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.६३ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३३ अंकले घटेको छ।
कारोबार रकम सोमबारको तुलनामा ५८ करोड रुपैयाँले घटेको छ। मंगलबार ७७ करोड ७० लाख ८९ हजार रुपैयाँबराबरका २० लाख ५८ हजार ५१० कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
कारोबार भएका जलविद्युत्, माइक्रोफाइनान्स, निर्जीवन बिमा र म्युचुअल फन्डबाहेक अरू उपसमूह घटेका छन्। सबैभन्दा बढी जलविद्युत् उपसमूहको परिसूचक १७.५३ अंकले बढ्यो। मंगलबार पनि सिवाइसी लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेको छ। नबिल बैंकको सबैभन्दा धेरै ७ करोड १७ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
