गुल्मीकी विपना महतले पढाई र कामलाई सँगसँगै अघि बढाएकी छन्। उनी तम्घास बजारमा चिया बेचेर अन्तनिर्भर बनेकी छन्।
गुल्मी– मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुगिन्। यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ।
तर, विपनाले सदरमुकाम तम्घासमा चिया बेचेरै दिनको पाँच हजारसम्म कमाइरहेकी छन्। बिहान छ देखि साँझ सात बजेसम्म बजारमा डुलेर चिया बेच्ने उनले दैनिक २०० सय कप चिया बेच्ने गरेको सुनाइन्। होटल र पसलमा चियाको मूल्य २५ रुपैयाँ छ।
विपनाले भने २० रुपैयाँ प्रतिकपका दरले बेच्ने गरेको बताइन्। “चिया दिनमा पाँच हजारसम्मको चिया बेचेको छु तर, औसतमा भने तीन देखि चार हजार हुन्छ”, उनले भनिन्, “घरखर्च सबै कटाएर मासिक ६० हजार बचत गर्दै आएकी छु।” गाउँमा एसइई सकेर थप अध्ययनका लागि तम्घास आएकी उनले रेसुङ्गा बहुमुखी क्याम्पसबाट ‘प्लस टु’ सकिन्।
मामाघरमा बस्दै आएकी विपनाले त्यसपछि फुर्सद भएको समयमा चिया बेच्न थालेकी हुन्। जागिरभन्दा पनि आफैँले केही गरौँ भन्ने सोचले यो पेशा थालेको उनको भनाइ छ। एक वर्षदेखि निरन्तर चिया बेचिरहेकी छद्धन्। “अनुभव हुन्छ भनेर थालेको चियाबाट फाइदा हुन थालेपछि निरन्तरा दिएँ”, उनले भनिन्, “मलाई लाज र डर भन्ने त कहिल्यै कसैसँग लागेन।”
तम्घास बजारमै २०० कपभन्दा बढी बिक्री हुने गरेकाले यसैलाई निरन्तरता दिने योजना सुनाइन्। आमाबुवा र आफन्तसमेत आफ्नो कर्मबाट खुसी भएको उनको भनाइ छ। तम्घास बजारमा चिया बिक्री नहुने समस्या छैन। विपनालाई तम्घासमा हुने सार्वजनिक कार्यक्रमबाट पनि चियाको माग हुन थालेको छ। विपनाले मामाघरमा हजुरआमाको हेरचाह पनि गरिरहेको बताइन्।
उनका बुवा हरिबहादुर कृषक हुन्। आमा कोपिला गाउँकै विद्यालयमा पढाउँछिन्। चिया बेचेर बजार डुल्दा कसैले नराम्रो नभनेको बरू राम्रो भन्दै प्रशंसा गरेको उनको अनुभव छ। युवायुवतीलाई गाउँठाउँमै रोजगार वा व्यवसाय गर्न उनको सुझाव छ।
“केही कामका लागि लजाउने वा डराउने बानी राख्न हुँदैन। लाज र डरले जिन्दगीमा अगाडि बढ्न सकिँदैन”, उनले भनिन्। विपनाले पढाइलाई पनि सँगसँगै अघि बढाइरहेकी छन्।
उनी रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययनरत छिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
