भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले ज्येष्ठ नागरिक तथा पाँचजनासम्म सदस्य भएका परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्न थालेको छ।
भक्तपुर– मध्यपुरथिमि नगरपालिकाले आफ्ना नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ। पुस १ देखि ज्येष्ठ नागरिक तथा पाँच जनासम्म परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा लागू गरेको उपमेयर विजय श्रेष्ठले जानकारी दिए।
नगरपालिकाले आफ्ना नागरिकमा निःशुल्क स्वास्थ्य उपचारको पहुँच पुर्याउने उद्देश्यले यस्तो योजना ल्याएको उनले बताए। पाँच जनासम्मका परिवार, आश्रित बालबालिका र ६० देखि ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा उपलब्ध गराउन थालिएको उनले बताए।
“पाँच जनासम्म परिवार संख्या भएका सबै नागरिकलाई बिमाको तीन हजार ५०० प्रिमियमसमेत नगरपालिकाले बेहोर्ने छ। बाबुआमा नभएका टुहुरा नाबालक जो ज्येष्ठ नागरिकप्रति आश्रित रहेका छन्, उनीहरूको पनि स्वास्थ्य बिमाको प्रिमियम रकम नगरपालिकाले नै तिर्छ”, उनले भने। ७० वर्षभन्दा माथिका नागरिकको हकमा सरकारले नै एक लाखसम्मको स्वास्थ्य बिमा निःशुल्क गरिदिएकाले त्यसको हकमा नगरपालिकाले निर्णय गर्नु नपरेको बताए।
शुक्रबार मेयर सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको बागमती प्रदेश बिमा बोर्डका पदाधिकारीसहितको बैठकले नगरपालिकाको ज्येष्ठ नागरिक स्वास्थ्य बिमा कार्यविधि २०७९ बमोजिम यस्तो निर्णय गरेको थियो। परिवारमा पाँच बढी संख्या रहेको अवस्थामा प्रिमियम रकमभन्दा माथि प्रतिव्यक्ति ७०० बिमाबापतको रकम भने परिवारले नै बेहोर्नु पर्नेछ।
कुनै पनि नागरिकले पैसा नभएकै कारण स्वास्थ्योपचारबाट वञ्चित हुन नपरोस् भनेर नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा र उपचार सेवा थालेको मेयर श्रेष्ठले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
