समानुपातिक सांसदकाे सूची निर्वाचन आयोगले अध्ययन गरिरहेकाे छ। दलहरूले मंगलबारसम्म उक्त सूची सच्याउन सक्नेछन्। त्यसपछि आयोगले निर्वाचित भएकाे घाेषणा गर्नेछ।
काठमाडौँ– निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदको सूची रुजु गर्न थालेको छ। आइतबार बिहानदेखि सूचीको अध्ययन शुरू भएको समानुपातिक निर्वाचन प्रणालीका प्रवक्ता गुरूप्रसाद वाग्लेले जानकारी दिए।
यसअघि दलहरूले शनिबार अबेरसम्म समानुपातिक सूची बुझएका थिए। “दलहरूले बुझाएको सूचीमा क्लष्टर अनुसार नाम समावेश भए नभएको अध्ययन गर्दैछौं”, उनले भने, “कुनै दलले बुझाएको विवरण नमिलेको छ भने त्यो मिलाएर बुझाउन समय दिन्छौं।’
समानुपातिक सिद्धान्त र कलष्टर अनुसार नमिलेको विवरण सच्चाएर बुझाउने समय आयोगले मंगलबारसम्म तोकेको छ। दलहरूले बुझाएको नामावली अध्ययन गरेपछि मात्रै आयोगले प्रमाणित गर्ने र त्यसपछि निर्वाचित भएको घोषणा हुने उनले बताए। ओगमा दलहरूले यसअघि बुझाएको बन्दसूचीभित्रै रहेर समावेशीताका आधारमा नाम पठाउनुपर्ने हुन्छ।
समानुपातिकतर्फ पनि नाम प्रमाणित भइसकेपछि आयोगले निर्वाचनको अन्तिम मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने छ। मंसीर २९ मा राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने आयोगको तयारी छ। प्रतिनिधि सभातर्फ समानुपातिकमा एमालेले ३४, कांग्रेसले ३२, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपाले ५, जनमत पार्टीले ५ सांसदको नाम पठाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
