कोरोना नियन्त्रणका लागि अख्तियार गरिएको नीतिको विरोध भएपछि चीनले स्वास्थ्य मापदण्डहरू खुकुलो पार्ने भएको छ।
चीनले लक्षणबिनाका कोरोना संक्रमित र सामान्य लक्षण देखिएका मानिसहरूलाई घरमै आइसोलेसनमा बस्न आग्रह गरेको छ। कोरोना संक्रमित सबैलाई क्वारेन्टिन शिविरमा बस्नुपर्ने बाध्यकारी नियम खुकुलो पार्दै चीनले घरमै बस्न पाउने नियम ल्याएको त्यहाँको स्वास्थ्य विभागलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सीजीटीएनले जनाएको छ।
यसरी घरमै बस्ने संक्रमितले कोरोना संक्रमण हटेको नतिजा पनि आफैँ परीक्षण गरिदिए पुग्ने बताइएको छ। सरकारको शून्य कोभिड नीतिप्रति चिनियाँ जनता विरोधमा उत्रिएको एक सातापछि चीनले स्वास्थ्यसम्बन्धी कडा मापदण्डहरू खुकुलो पारेको हो। क्वारेन्टिन शिविरमा बस्दा परिवारबाट टाढा बस्नुपर्ने र यो नियम बाध्यकारी भएको भन्दै धेरैले आपत्ति जनाउँदै सरकारको विरोध गर्दै आएका थिए।
कोभिडसम्बन्धी कडा नियमविरुद्धको प्रदर्शन र विरोधका क्रममा राष्ट्रपति सी चिनफिङको आलोचना भएको थियो भने उनको राजीनामा समेत मागिएको थियो। विशेष गरी २४ देखि २६ नोभेम्बरमा भएका बृहत् प्रदर्शनपछि भने चीन सरकारले स्वास्थ्यसम्बन्धी कडा नियम हटाइरहेको छ। विशेष गरी क्वारेन्टिन र लकडाउनसम्बन्धी नियम खुकुलो पारिएको छ। यस्तै, त्यहाँ वृद्धहरूलाई कोरोनाविरुद्धको खोप दिने कार्यलाई समेत तीव्र पारिएको छ।
एक अर्ब ४० करोड जनसंख्या भएको चीनमा अहिले करिब साढे ३ लाख कोरोना संक्रमित रहेको वल्डोमिटरले जनाएको छ। पछिल्लो २४ घण्टामा चीनमा ४ हजार ४०९ जना संक्रमित थपिएका छन्। यस्तै, त्यहाँ संक्रमणका कारण हालसम्म ५ हजार २३५ जनाको मृत्यु भएको छ।
पछिल्लो समय कोरोना संक्रमण घटिरहेको र नयाँ भेरियन्ट विनाशकारी नरहेको भन्दै विश्वका अधिकांश मुलुकले स्वास्थ्य मापदण्डका कडा नियम हटाइसकेका छन्।
अधिकांश देशमा सबै कुरा सामान्यजस्तै चलिरहेको छ। तर चीनले कोरोनाविरुद्ध शून्य सहनशीलता अपनाउने भन्दै ‘जिरो कोभिड’ नीति अघि सारेको थियो। तर यसले मानिसहरूमा तनाव बढाएको भन्दै विरोध हुँदै आएको थियो।
विश्वभर हालसम्म ६५ करोड ९ लाख ५२ हजारभन्दा बढी संक्रमित छन् भने ६६ लाख ४९ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको वल्डोमिटरको तथ्यांक छ।
-एजेन्सीको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
