प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने भन्दै सर्वोच्च बारले धर्ना थालेको छ। संसद् सचिवालयले बुधबार मात्रै जबरामाथिको महाभियोग निष्क्रिय भएको पत्र दिएको थियो।
काठमाडौँ- सर्वोच्च अदालत बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतमा छिर्न नदिन धर्ना थालेको छ।
संसद्ले महाभियोग लगाएपछि निलम्बनमा रहेका जबराले बुधबार संघीय संसद्बाट महाभियोग निष्क्रिय भएको पत्र पाएपछि नियमित कार्यमा फर्किने तयारी गरेका थिए।
जबराले अहिले २ बजे सर्वोच्च फर्किने तयारी गरेपछि बारले उनलाई रोक्न धर्ना थालेको हो।
धर्नामा बार अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायत सहभागी छन्।
प्रधानन्यायाधीश जबराले मंगलबार मात्रै संघीय संसद् सचिवालयमा ‘महाभियोग प्रस्ताव निष्क्रिय गरिपाऊँ’ भनी निवेदन दर्ता गरेका थिए।
सचिवालयले यसअघि ‘कार्य सम्पादन गर्न नपाउने’ भन्दै उनलाई पत्र पठाएकोमा आज उक्त पत्र निस्प्रभावी भएको बेहोरासहितको पत्र जबरालाई दिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
