कास्की १ (ख) बाट एमालेका वेदबहादुर गुरूङ विजयी

कास्की–१ (ख) बाट नेपाली कांग्रेसका दीपक गुरूङलाई ८६७ मतान्तरले पराजित गर्दै एमालेका वेदबहादुर प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

पोखरा– प्रदेशसभा निर्वाचनअन्तर्गत कास्की–१ (ख) बाट नेकपा एमालेका वेदबहादुर गुरूङ 'श्याम' विजयी भएका छन्। 

प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपक गुरूङलाई ८६७ मतान्तरले पराजित गर्दै वेदबहादुर प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

उनले १२ हजार ६६१ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपकले ११ हजार ७९४ मत पाएका छन्।