इन्डोनेसियाको भूकम्पमा परि बालबालिकासहित कम्तिमा २६८ जनाले ज्यान गुमाएका छन्। एक हजारभन्दा बढी घाइते भएका छन्।
इन्डोनेसियाको भूकम्पमा परि बालबालिकासहित कम्तिमा २६८ जनाले ज्यान गुमाएका छन्। १५१ जना बेपत्ता छन् भने एक हजारभन्दा बढी घाइते भएका छन्।
सोमबारको भूकम्पपछि क्षतिग्रस्त सडकमार्गका कारण उद्धार र खोजीमा ढिलाई भएको छ। भूकम्पको केन्द्रबिन्दू सियानजुर क्षेत्रमा सयौँ उद्धारकर्ता परिचालन गरिएको छ। परकम्प जाने क्रम नरोकिएकाले उद्धार र खोजीमा कठिनाइ भइरहेको बताइएको छ। भूकम्पपछि सो क्षेत्रमा १४० वटा पराकम्प गएको पश्चिम जाभाका गभर्नर रिदवान कमिलले बताए।
पहाडी ग्रामिणमा थुप्रै मानिस बेपत्ता भएकाले उद्धार र खोजी जारी रहने गभर्नर कमिलले बताए। उनले उद्धारका लागि हेलिकप्टरसमेत तयारी अवस्थामा रहेको बताए। शुक्रबारसम्म कम्प रोकिने अनुमान गरिएको छ। जाभा प्रान्तको सियानजुर शहरमा सोमबार दिउँसो १ बजेतिर ५.६ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पले अधिकांश संरचनामा क्षति पुर्याएको छ। ८० भन्दा बढी विद्यालय प्रभावित भएका छन्। उद्धार गरिएका ५८ हजार भूकम्प प्रभावितलाई दर्जनौँ शरणार्थी शिविर बनाएर राखिएको गभर्नर कमिलले बताए। इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन विभागका अनुसार भूकम्पले २२ हजार घरमा क्षति पुर्याएको छ।
भूकम्पपछि पहाडी क्षेत्रमा पहिरो गएपछि स्थिति थप तनावपूर्ण बनेको हो। भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरेपछि राष्ट्रपति जोको विडोडाले आफूले बेपत्ताको खोजीलाई प्राथमिकता दिएको बताएका छन्। साथै, भूकम्पले प्रभावित समुदायलाई क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता गरेका छन्।
इन्डानेसिया प्रशान्तिय क्षेत्रमा टेक्टोनिक गतिविधिको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले त्यहाँ भूकम्प जानु सामान्य जस्तै हो। सन् २०१८ मा मात्रै त्यहाँको सुलावेसी टापुमा भूकम्पमा परि २ हजार जनाले ज्यान गुमाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
