रूपन्देही ४ बाट लोसपाका सर्वेन्द्रनाथ शुक्ल विजयी

रूपन्देही ४ बाट नेपाली कांग्रेसका प्रमोदकुमार यादवलाई पाँच हजार २९६ मतान्तरले हराउँदै लोसपाका सर्वेन्द्रनाथ शुक्ला विजयी भएका छन्।

रूपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्ल विजयी भएका छन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोदकुमार यादवलाई पाँच हजार २९६ मतान्तरले हराउँदै विजयी भएका हुन्।

कुल ७६ हजार ६७५ मतमध्ये शुक्लले २८ हजार मत प्राप्त गरि विजयी भएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले बताए। निर्वाचन कार्यलयका अनुसार शुक्लका निकटतम् प्रतिस्पर्धी तथा नेपाली कांग्रेसबाट उम्मेदवार रहनुभएका यादवले २२ हजार ७ सय चार प्राप्त गरेका छन्। जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवले १५ हजार पाँच सय २६ मत प्राप्त गरे।

त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) का ओमप्रकाश यादवले दुई हजार छ सय २३, नेपाल जनता पार्टीका महेन्द्र सिंहले एक हजार ८६, नागरिक उन्मुक्ति पार्टीका सत्यदेव चौधरी चार सय ६५, राष्ट्रिय जनमुक्ति पार्टीले एक सय ९९ तथा नेशनल मङ्गोल पार्टीले ५३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

सम्मरीमाई गाउँपालिका–४ जिगिना स्थायी घर भएका शुक्ल यस क्षेत्रबाट तेस्रो पटक चुनाव जितेका हुन्। उनी ६ पटक मन्त्री भइसकेका छन्।