रसुवामा मोहन आचार्य विजयी

नेपाली कांग्रेसका आचार्य १८ हजार २३५ मत प्राप्त गर्दै विजयी भएका हुन्।

रसुवा– हिमाली जिल्ला रसुवामा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार मोहन आचार्य विजयी भएका छन्।

नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका उम्मेदवार आचार्य १८ हजार २३५ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी छेवाङ तामाङले आठ हजार ६१४ मत प्राप्त गरेका छन्।

परिणाम जिल्ला निर्वाचन कार्यालयले आधिकारिक रूपमा घोषणा नगरेको भए पनि मतगणना सकिएको मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिए। 

कूल २८ हजार २११ मत गणना गर्दा २७ हजार ४२७ मत सदर भएको थियो भने ७८४ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।

२०७४ सालको निर्वाचनमा पनि उनी रसुवाबाट निर्वाचित भएका थिए। त्यतिबेला उनले १४ हजार ४५३ मत पाएका थिए। उनका निकटतम् प्रतिस्पर्धी एमालेका जनार्दन ढकालले १० हजार २७८ मत पाएका थिए। उनी वाम गठबन्धनका उम्मेदवार थिए।