भविष्यमा चन्द्रमामा व्यावसायिक उडान गर्ने तयारीका लागि परीक्षण उडान गरिएको नासाले जनाएको छ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो सबैभन्दा शक्तिशाली रकेट ‘आर्टिमिस–वान’ चन्द्रमाका लागि प्रक्षेपण गरेको छ। सय मिटर अग्लो सो रकेट फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट स्थानीय समयानुसार बिहान १ बजेर ४७ मिनेटमा प्रक्षेपण गरिएको हो।
केप क्यानभेरलबाट चन्द्रमाका लागि प्रक्षेपण गरिएको ओरियन नामक अन्तरिक्षयानमार्फत अन्तरिक्ष यात्री रहने क्याप्सुल चन्द्रमाको दिशातर्फ पठाएको हो। भविष्यमा चन्द्रमामा व्यावसायिक उडान गर्ने तयारीका लागि परीक्षण उडान गरिएको हो।
रकेटमा अन्तरिक्ष यात्री नभए पनि अन्तरिक्ष यात्री हुँदाजस्तै प्राविधिक र व्यवस्थापकीय तयारी गरिएको थियो। यसअघि गत अगस्ट र सेप्टेम्बरमा रकेट प्रक्षेपणको प्रयास असफल भएको थियो।
आर्टमिस मिसनका व्यवस्थापक माइक सराफिनले भने, “आज हामी विश्वको सबैभन्दा शक्तिशाली रकेटले पृथ्वीको किनारा छोडेको दृश्य प्रत्यक्ष हेर्न पायौँ। यो त परीक्षण उडान मात्र हो। हामी अझै धेरै अघि बढ्नु छ। अब हाम्रो प्राथमिकतामा अर्को एक मिसन छ।”
नासाको स्पेस लन्च सिस्टम (एसएलएस) कार्यक्रममा व्यवस्थापक जोन हनिकटले भने, “यस रकेटले ओरियन क्याप्सुललाई चन्द्रमाको सही मार्गमा लैजानका लागि थुप्रै महत्त्वपूर्ण र अभ्यास गरेको छ। ती सबै अभ्यास उत्कृष्ट थिए।”
सो रकेटले चन्द्रमाको परिक्रमा गरि २५ दिनपछि पृथ्वीमा फर्कने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
