निर्वाचन आयोग र आयोगका पदाधिकारीप्रति लाञ्छनापूर्ण अभिव्यक्ति दिएको भन्दै दलका नेता र उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ।
काठमाडौँ- निर्वाचन आयोग र आयोगका पदाधिकारीप्रति लाञ्छनापूर्ण अभिव्यक्ति दिएको भन्दै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरसहित तीन नेतालाई २४ घन्टे स्पष्टीकरण सोधिएको छ।
आयोगले कैलाली-४ का प्रतिनिधिसभा सदस्यसमेत रहेका बलायरसहित नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य लक्षीराम आचार्य, सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री एवं कैलाली-४ (क) का उम्मेदवार दीर्घबहादुर सोडारीलाई स्पष्टीकरण सोधेको हो।
आयोगले उनीहरूले लाञ्छनापूर्ण अभिव्यक्ति दिएको विषयमा अलग-अलगरूपमा पत्र पठाई स्पष्टीकरण माग गरेको बताएको छ। उनीहरूले कैलाली-४ (क) को चुनावीसभालाई सम्बोधन गर्दा आचारसंहिताविपरीत कार्य गरेको पाइएको आयोगले जनाएको छ।
निर्वाचन आचारसंहिताको दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (ढ) मा 'निर्वाचनको विश्वसनीयतामा वा आयोग, आयुक्त वा कर्मचारीको प्रतिष्ठामा प्रतिकूल असर पर्ने गरी कुनै अवाञ्छित लाञ्छना लगाउन नहुने' व्यवस्था रहेको छ।
कुनै पनि माध्यमबाट स्पष्टीकरण प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा प्रदेश निर्वाचन कार्यालय, कैलालीमा स्पष्टीकरण पेश गर्न उनीहरूलाई आयोगले भनेको छ।
“तपाईंहरूले कैलालीको प्रदेशसभा क्षेत्र नं. ४ (क) मा बिहीबार आयोजित कार्यक्रममा निर्वाचन आयोग नेपाल र यसका पदाधिकारीहरू उपर लाञ्छनापूर्ण अभिव्यक्ति दिनुभएको सूचना र सोलाई पुष्टी गर्ने सामग्री आयोगमा प्राप्त भइसकेको सन्दर्भमा तपाईंले उक्त अभिव्यक्ति दिनुभएको होइन भन्ने आधार र प्रमाण के छ ?” उनीहरूलाई सोधिएको पत्रमा भनिएको छ, “तपाईंले सार्वजनिक मञ्चमा दिनुभएको लाञ्छनापूर्ण अभिव्यक्तिले निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ढ) को उल्लंघन हुन गएकोले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिमको कारबाही किन हुनु नपर्ने हो ?”
ऐन महरलाई पनि स्पष्टीकरण
त्यस्तै, बझाङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ऐनबहादुर महरलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ। जिल्लास्तरीय खुला प्रतियोगिताका विजेतालाई निर्वाचन आचारसंहिता विपरीत प्रथम पुरस्कार भनी ४१ हजार रुपैयाँ प्रदान गरेको भनी सामाजिक सञ्जालमा सार्वजनिक भएको विषयलाई लिएर आयोगले स्पष्टीकरण सोधेको हो।
आयोगको पत्रमा भनिएको छ, "तपाईंबाट पुरस्कार स्वरूप नगद वितरण भएको बारे के कसो भएको हो? यदि तपाईंबाट नगद वितरण कार्य भएको हो भने तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम किन कारबाही हुनु नपर्ने हो?"
त्यस्तै, आयोगले अछामको राष्ट्रिय माध्यमिक विद्यालय, साँफेबगरका प्रधानाध्यापक तिलक कुँवरलाई पनि स्पष्टीकरण सोधेको छ। प्रधानाध्यापक कुँवरले नेकपा (एमाले) को चुनाव प्रचारमा संलग्न भएको भन्ने जानकारीका आधारमा स्पष्टीकरण सोधेको आयोगले जनाएको छ।
आयोगले शिक्षक कुँवरलाई ‘तपाईं सरकारी विद्यालयको शिक्षक रहेको व्यक्ति दलको राजनीतिक गतिविधिमा तथा प्रचारप्रसारमा संलग्न हुनुभएको तथा शिक्षक पदमा बहाल रहँदा रहँदै कुनै दलको सदस्य बन्नुभएको होइन भन्ने आधार के छ ?' भनी स्पष्टीकरण पत्र पठाएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
