आयोगले उम्मेदवारले आफू राम्रो र अरू दल तथा स्वतन्त्र उम्मेदवार नराम्रो भनी प्रचार-प्रसार गर्न नपाइने बताएको छ। आयोगले आफ्नो घोषणापत्रअनुरूप र आफूले गर्ने कामको मात्रै प्रचार-प्रसार गर्न सुझाएको छ।
काठमाडौँ- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न उम्मेदवारलाई सचेत गराएको छ। राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले चुनाव प्रचार-प्रसार गरेको उजुरी परेसँगै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराएको हो।
निर्वाचन आचारसंहिता कन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिताअनुसार निर्वाचन हुने दिनभन्दा १७ दिन अगाडिदेखि (कार्तिक १८ गतेदेखि) मात्रै प्रचार-प्रसार गर्न पाइने बताए।
आयुक्त भण्डारीले उम्मेदवारले घरदैलो कार्यक्रम गर्न पाउने र त्यसमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने प्रावधानलाई पनि पालना गर्न सचेत गराए। उनले घरदैलोमा बाजागाजा र तामझाम गरिरहेको उजुरी आयोगमा परेको भन्दै त्यस्तो गर्नु आचारसंहिताविपरीत हुने बताए।
उनले कतिपय उम्मेदवारले खाडी मुलुकमा रोजगारी दिने प्रलोभन देखाउँदै 'उधारो भिसा' बाँड्न शुरू गरेको गुनासो आएको बताए। आचारसंहिताले निषेध गरेका यस्ता कार्य गर्ने उम्मेदवारलाई कारबाही हुने उनको भनाइ छ।
"कतिपय उम्मेदवारले उधारो भिसा पनि बाँड्न शुरू गर्नुभएको छ। खाडी मुलुकमा रोजगारी दिन्छु, तँ यहाँ जाने भनेर 'उधारो भिसा' शुरू गर्नु भएको छ," उनले भने, "त्यो गर्न पाइँदैन आचारसंहिताले निषेध गर्छ। यदि त्यसो हो भने उहाँहरूलाई कारबाहीको विषय हुन्छ।"
आयुक्त भण्डारीले उम्मेदवारले आफू राम्रो र अरू दल तथा स्वतन्त्र उम्मेदवार नराम्रो भनी प्रचारप्रसार गर्न नपाइने भन्दै आफ्नो घोषणापत्र अनुरूप र आफूले गर्ने कामको मात्रै प्रचार-प्रसार गर्न सुझाव दिए। उनले प्रचार-प्रसारका क्रममा आचारसंहिता उल्लंघन भएमा आयोगले उम्मेदवारको मनोनयनपत्र खारेजसम्म गर्नसक्ने चेतावनी दिए।
'फलानो नराम्रो, आफू राम्रो भनेर उहाँहरू प्रचार-प्रसारमा जानुभएको छ। अर्काको दलको र स्वतन्त्र उम्मेदवार नराम्रो भन्न पाइँदैन," उनले भने, "म यो विकास निर्माणको काम गर्छु भनेर आफ्नो घोषणापत्रमा जे उल्लेख गर्ने हो, त्यो सबै स्पष्ट देखिने गरी जानुस्।"
आयुक्त भण्डारीले आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरीका आधारमा हालसम्म दर्जनौँ उम्मेदवारलाई स्पष्टीकरण सोधिसकेको जानकारी दिए। उनले स्पष्टीकरण चित्तबुझ्दो नभएमा थप कानुनी कारबाही अगाडि बढाइने र आचारसंहिता पालना गराउने सन्दर्भमा आयोग निर्मम र निर्दयी भएर अघि बढ्ने स्पष्ट पारे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
