संस्कृतिविद् सत्यमोहन जोशीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरू पुगेका थिए।
वाङ्गमय पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन्। आइतबार दिउँसो ललितपुर महानगरपालिकाको प्राङ्गणमा पुगेर प्रधानमन्त्री देउवाले जोशीको पार्थिव शरीरलाई राष्ट्रिय झण्डा ओढाएका हुन्।
जोशीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लगायतका नेताहरू पुगेका थिए। त्यस्तै, कलाकार मदनकृष्ण श्रेष्ठलगायत कलाकारले पनि जोशीलाई अन्तिम श्रद्धाञ्जली दिएका छन्।
संस्कृतिविद् जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान ७ बजेर ९ मिनेटमा ललितपुरस्थित किस्ट अस्पतालमा उपचारका क्रममा निधन भएको हो। जोशीको पार्थिव शरीर अध्ययनका लागि राखिने भए पनि अन्तिम श्रद्धाञ्जलीका महानगरको प्राङ्गणमा राखिएको हो।
जोशीको पार्थिव शरीर अपराह्न ४ बजेसम्म महानगरको प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने मेयर चिरिबाबु महर्जनले बताए। त्यसपछि उनको शरीरलाई किस्ट अस्पताललाई हस्तान्त्रण गरिने छ। मृत्युपर्यान्त मेडिकल साइन्सका विद्यार्थीलाई अध्ययनका लागि शरीर दान गर्ने प्रणअनुसार किस्ट मेडिकल कलेजलाई जोशीको पार्थिव शरीर हस्तान्तरण गरिने उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
