निर्वाचनको समयमा पालना गर्नुपर्ने आचरणको पालनाका सम्बन्धमा सम्बन्धित सञ्चारमाध्यम स्वयंले स्वनियमनसम्बन्धी कार्यविधि बनाइ लागू गर्न सबै सञ्चारमाध्यमलाई आह्वान गर्ने निर्णय पनि आयोगले गरेको छ।
निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता २०७९ र पत्रकार आचारसंहिता २०७३ अनुरुप भए/नभएको बारे नियमित अनुगमन गर्न प्रेस काउन्सिल नेपाललाई लेखी पठाउने निर्णय गरेको छ।
आयोगको आजको बैठकले सञ्चारमाध्यमको अनुगमनको क्षेत्राधिकार काउन्सिलभित्र पर्ने विषय भएकाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लाई लक्षित गरी नेपालको संविधानको प्रस्तावनामा उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रता, सञ्चारको हक, सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता, आमसंचारसम्बन्धी अन्तरराष्ट्रिय मूल्य मान्यता समेतलाई सम्मान गर्दै सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रशारण हुने सामग्री निर्वाचन आचारसंहिता, २०७९ र पत्रकार आचारसंहिता २०७३ अनुरुप भए/नभएको नियमित अनुगमन गर्नेबारे सो निर्णय गरेको हो।
सो निर्णयमा पत्रकार आचारसंहिता, २०७३ को दफा ९ (१) मा रहेको काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिताको अनुकूल हुने गरी प्रत्येक सञ्चारमाध्यमले आफ्ना लागि आचारसंहिता बनाई सोको स्वनियमन र स्वमूल्याङ्कन गर्ने छन् भन्ने व्यवस्था बमोजिम सञ्चारमाध्यम तथा सञ्चारकर्मीले निर्वाचनको समयमा पालना गर्नुपर्ने आचरणको पालनाका सम्बन्धमा सम्बन्धित सञ्चारमाध्यम स्वयंले स्वनियमनसम्बन्धी कार्यविधि बनाइ लागू गर्न सबै सञ्चारमाध्यमलाई आह्वान गर्ने र सोको लागि आवश्यक व्यवस्था गर्न गराउन पनि काउन्सिललाई लेखी पठाउने निर्णय गरेको छ।
यस्तै आयोगले पत्रकार आचारसंहिताको दफा १२ मा काउन्सिलले निर्वाचनका क्रममा पत्रकार तथा सञ्चारमाध्यमका लागि निर्वाचन आचारसंहिता जारी गर्न सक्ने प्रावधान रहेकोले सोअनुसार प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लाई लक्षित गरी पत्रकार तथा सञ्चारमाध्यमका लागि निर्वाचन आचारसंहिता जारी गरी सोको एक प्रति आयोगमा उपलब्ध गराउन काउन्सिललाई आग्रह गरेको छ।
निर्वाचन आयोग ऐनबमोजिम जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ को कार्यान्वयन गर्न सोही ऐनको दफा २३ बमोजिम आयोगले विज्ञसमेत रहेको संयन्त्र निर्माण गर्न सक्ने प्रावधान छ। सो व्यवस्था बमोजिम आयोगले निर्माण गर्ने संयन्त्रले आन्तरिक प्रयोजनका लागि सञ्चारमाध्यममा प्रकाशित तथा सामाजिक सञ्जालबाट प्रवाह हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति जाँचबुझ तथा अनुगमन गर्दा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएमा आयोगले प्रचलित कानूनबमोजिम गर्न गराउन लेखी पठाए बमोजिम आवश्यक कारवाही गरी सोको जानकारी आयोगमा गराई निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र एवम् विश्वसनीय तुल्याउने आयोगको प्रयासमा सहयोग गर्न ऐन बमोजिम काउन्सिललाई निर्देशन दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
