विजया दशमीको पहिलो दिन घटस्थापनामा काठमाडौँ हनुमान ढोकास्थित दशैँघरमा विधिवत् रूपमा जमरा राखिएको छ। घटस्थापनाको शुभ साइत १०ः२३ बजे जमरा राखिएको हो।
काठमाडौँ- काठमाडौँको हनुमान ढोकास्थित दशैँघरमा आज विधिवत् रूपमा जमरा राखिएको छ।
सोमवारबाट विधिवत् रूपमा शुरू भएको नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरी विधिवत् रूपमा जमरा राखिएको हो। हनुमान ढोकास्थित दशैँघरमा पनि विधिवत् मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साइत १०ः२३ बजे जमरा राखिएको हो। सो अवसरमा नेपाली सेनाको ब्यान्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको छ।
दशैँको पहिलो दिन घटस्थापनाको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ। सोमवार बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दशैँघरमा जमरा छर्ने गरिन्छ।
घटस्थापना गर्दा पूजा कोठा वा दशैँ घरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा अर्चना गरिन्छ। नवरात्रीभर दुर्गाका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ।
नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्द माता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धीदात्रीको पूजार्चना गरिन्छ। जमरा राखेपछि हनुमान ढोका दरबारका पुजारी सागर खरेलले नियमपूर्वक मन्त्रोच्चारण गरी घटस्थापना र जमरा राखिएको बताए।
उनले भने, ‘पञ्चाङ्ग निर्णायक समितिको निर्णयअनुसार निकालिएको साइतमा आज जमरा राखिएको छ। परापूर्वकालदेखि नै चलिआएको विधिलाई निरन्तरता दिएका छौँ ।’
दशैँमा विशेषतः जौको जमरा राख्ने गरिए पनि पछिल्लो समय मकै र गहुँ मिसाएर पनि जमरा राख्ने प्रचलन छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
