नेप्सेमा गिरावट आउने क्रम जारी

आइतबार २५ कम्पनीको सेयरमूल्य बढ्दा १ सय ८० कम्पनीको सेयरमूल्य घटेको छ भने ३ स्थिर छन्।

काठमाडौँ- साताको पहिलो कारोबार दिन पनि सेयर बजारमा गिरावट आउने क्रम जारी रह्यो। गत सोमबारदेखि लगातार चौथो कारोबार दिन पनि बजार घटेको हो। 

बजार परिसूचक नेप्से ३१ दशमलव ९७ अंकले घटेर १ हजार ८ सय ८५ दशमलव ३१ अंकमा ओर्लिएको छ। कारोबार भएका सबै उपसमूह घटेका छन्। 

आइतबार २५ कम्पनीको सेयरमूल्य बढ्दा १ सय ८० कम्पनीको सेयरमूल्य घटेको छ भने ३ स्थिर छन्। सीबाईसी नेपाल र समिट लघुवित्तको भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। 

कूल १ अर्ब १० करोड रुपैयाँ बराबरका ३५ लाख १२ हजार ८ सय ३४ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

कारोबारका आधारमा शिवम् सिमेन्ट, नबिल बैंक, हिमालयन डिष्ट्रिलरी अगाडि रहे।