समानुपातिक सांसद छान्न च्यासलमा एमालेकाे सचिवालय बैठक

समानुपातिक सांसद छनोट र आमनिर्वाचनकाे समीक्षा गर्न सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताएका छन्।

काठमाडाैँ– नेकपा एमालेको सचिवालय बैठक शनिबार बस्दै छ। बिहान ११ बजे ललितपुरस्थित पार्टी मुख्यालय च्यासलमा बैठक बस्न लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। 

उनका अनुसार समानुपातिक सांसद छनोट र आमनिर्वाचन समीक्षा गर्न बैठक बोलाइएको हो। यसअघि शुक्रबार डाकिएको बैठक तयारी नपुगेको भन्दै सारिएको थियो। एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ ३४ सिट पाएको छ।

प्रदेशसभातर्फ प्रदेश नम्बर १ मा १५, मधेसमा ८, बागमतीमा १४, गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ सिट पाएको छ।