यस वर्षको हिउँदयाममा औसतभन्दा कम वर्षा हुने र न्यूनतम तथा अधिकतम तापक्रम सरदरभन्दा बढ्ने प्रक्षेपण गरिएको छ।
काठमाठौँ– यस वर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम सरदरभन्दा बढी हुने आकलन गरिएको छ। जल तथा मौसम विज्ञान विभागले मंसिर १५ देखि १६ फागुनसम्म तीन महिनाको मौसम आकलन गर्दै यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो।
जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश, लुम्बिनीको रुकुम पश्चिम, रोल्पा, प्युठानबाहेकका जिल्लाहरू, गण्डकीका लमजुङ, स्याङ्जा, तनहुँ, गोरखालगायत मध्य तथा पूर्वी जिल्लाहरू, बागमतीको दोलखा र प्रदेश-१ का ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु लगायताका उत्तरी जिल्लाहरूमा न्यूनतम तापक्रम सरदर हुने र बाँकी भू-भागमा सरदरभन्दा बढी हुने सम्भावना छ।
त्यसैगरी, यस हिउँदभर देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। प्रदेश-१ को ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी लगायतका पूर्वी तथा तराईका जिल्लाहरू, मधेशका पर्सा, बारा, रौतहट तथा बागमतीका काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, मकवानपुर लगायतका जिल्लाहरू, गण्डकीका कास्की, स्याङ्जा, पर्वत लगायतका मध्य तथा दक्षिणी जिल्लाहरू, लुम्बिनीका अधिकांश जिल्लाहरू र सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेलधुरा, डोटी, कञ्चनपुर र कैलाली लगायतका जिल्लाहरूमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ। साथै, सुदूरपश्चिमका बझाङ र बाजुरा तथा कर्णालीका हुम्ला, मुगु र डोल्पाको उत्तर पश्चिमी भू-भागहरूबाहेक देशका अन्य बाँकी भू-भागहरूमा सरदरभन्दा कम वर्षा हुने ३५ देखि ४५ प्रतिशत सम्भावना छ।
त्यस्तै, कर्णालीको हुम्ला र मुगुका पश्चिमी भू-भाग र सुदूरपश्चिमको बाजुरामा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म छ। प्रदेश-१ का सोलुखुम्बु तथा इलाम, झापा, मोरङ र सुनसरी लगायतका जिल्लाहरू, बागमतीका काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, मकवानपुर, चितवन लगायतका मध्य तथा दक्षिण पश्चिम जिल्लाहरू, मधेशका पर्सा र सप्तरी, गण्डकीका उत्तर पूर्वी जिल्लाहरू बाहेकका अधिकांश जिल्लाहरू, लुम्बिनीका अधिकांश भू-भाग र कर्णालीका पूर्वी तथा उत्तरी भू-भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने ४५ देखि ५५ प्रतिशत सम्भावना छ भने बाँकी भू-भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ।

त्यसैगरी, तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको छ। सुदूरपश्चिम, लुम्बिनीको रुकुम पश्चिम, रोल्पा, प्युठानबाहेकका जिल्लाहरू, गण्डकीका लमजुङ, स्याङ्जा, तनहुँ, गोरखा लगायतका मध्य तथा पूर्वी जिल्लाहरू, बागमती प्रदेशको दोलखा र प्रदेश-१ का ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु लगायताका उत्तरी जिल्लाहरूमा न्यूनतम तापक्रम सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ भने बाँकी भू-भागमा सरदरभन्दा बढी हुने ३५ देखि ४५ प्रतिशत सम्भावना छ।
विभागकी सिनियर मेटेरियोलोजिस्ट इन्दिरा कँडेलका अनुसार विभागले विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानी प्रारूप केन्द्रहरूको आकलन तथा मौसम विज्ञान विभागको हावापानी आकलन गर्ने प्रविधि र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आकलनको आधारमा तीन महिनाको मौसम प्रक्षेपण तयार गरेको हो। हाल प्रशान्त महासागरमा लालिनाको अवस्था रहेको र जसले वर्षा कम गराउन र तापक्रम वृद्धिमा भूमिका निर्वाह गर्ने बताइन्छ।
जल तथा मौसम विज्ञान केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक विनोद पोखरेल हिउँदमा कम वर्षा हुँदा हिउँदे बालीनालीलाई असर गर्ने र आगलागीका घटना बढ्ने बताउँछन्। "प्रदूषण पनि बढ्छ आगलागीका घटना पनि बढ्छन्। यसले समग्र हाम्रो पर्यावरणलाई नै पुग्छ," उनले भने ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
