युरोपेली आयोगले रूसमाथि थप प्रतिबन्ध लगाउने

युरोपेली आयोगले रुसी सशस्त्र बल, रक्षा औद्योगिक कम्पनीसहित २०० थप व्यक्ति र संस्थाहरूविरुद्ध प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ।

युरोपेली आयोगले युक्रेन आक्रमणलाई लिएर रूसविरुद्ध थप प्रतिबन्धको नवौं प्याकेज प्रस्ताव गरेको छ। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले सो प्रस्ताव घोषणा गर्दै थप प्रतिबन्धले रूसमाथि "दबाब बढ्ने' बताएकी छन्।

"रूसले युक्रेनमा मृत्यु र विनाशको शृङ्खला जारी राखेको छ। यसले जाडो यामको शुरूमा युक्रेनलाई ऊर्जाविहीन बनाउँने उद्देश्यले नागरिक पूर्वाधारलाई जानाजानी निशाना बनाएको छ। हामी युक्रेनको पक्षमा उभिरहेका छौँ र हामी रूसलाई यसको क्रूरताको लागि  जवाफ दिँदैछौँ," उर्सुला भोन डरले बताइन्। 

युरोपेली आयोगले रुसी सशस्त्र बल, रक्षा औद्योगिक कम्पनीसहित २०० थप व्यक्ति र संस्थाहरूविरुद्ध प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ।

युक्रेनको ऊर्जा पूर्वाधारमा थप प्रहार गर्ने पुटिनको उद्घोष
यता, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी ऊर्जा प्रणालीहरूमा आक्रमण जारी राख्ने उद्घोष गरेका छन्। यद्यपि, रूसको यो कदमको भने विश्वव्यापीरूपमा आलोचना भइरहेको छ। जाडोयाम नजिकिँदै गर्दा लाखौँ जनता बिजुली र पानीविहीन बनेका छन्।

“छिमेकी देशको ऊर्जा पूर्वाधारमा हाम्रो स्ट्राइकको बारेमा धेरै हल्ला छ। हो, हामी गर्छौं। तर, कसले शुरू गर्‍यो?” पुटिनले क्रेमलिनमा एक पुरस्कार वितरण समारोहमा भने, “आलोचनाले हाम्रो लडाइँ अभियानमा हस्तक्षेप गर्दैन।”