गुजरात तथा हिमाचल विधानसभाका लागि भएको निर्वाचनमा भारतीय जनता पार्टी (बीजेपी) र भारतीय कंग्रेसले अग्रता लिएका छन्। गुजरात विधानसभामा १८२ सिट छन् भने हिमाचलमा ६८ सिट रहेका छन्।
भारतको गुजरात र हिमाचल विधानसभा चुनावअन्तर्गत बिहीबार जारी मतगणनामा भारतीय जनता पार्टी (बिजेपी) र कंग्रेस आईले शुरूआती अग्रता लिएका छन्।
हिमाचल प्रदेशमा ६८ सिटको विधानसभाका लागि नोभेम्बर १२ तारिखमा एकैचरणमा चुनाव भएको थियो। जारी मतगणनाअनुसार हिमाचलमा भारतीय कंग्रेस अगाडि देखिएको छ। पछिल्लो मतपरिणामअनुसार हिमाचमा कंग्रेस आईले १९ सिट जितेको छ भने २० सिटमा अग्रता लिइरहेको छ।
त्यस्तै, भारतीय जनता पार्टी (बीजेपी)ले १६ सिट जितेको छ भने १० सिटमा अग्रता लिइरहेको छ। हिमाचलमा यसपटक विधानसभा चुनावमा ७५ प्रतिशत मत खसेको थियो।
यस्तै, डिसेम्बर १ र ५ तारिखमा गरी दुई चरणमा सम्पन्न गुजरात चुनावको पनि बिहीबारदेखि नै मतगणना शुरू भएको छ। गुजरातमा १८२ विधानसभा सिटका लागि भएको चुनावको जारी मतगणनामा बीजेपीले अग्रता लिएको छ। बीजेपीले यो सामग्री तयार पार्दासम्म ८७ सिट जितेको छ भने ७० मा अग्रता लिएको छ। गुजरातमा बीजेपीको परम्परागत प्रतिस्पर्धी कंग्रेसले ५ सिटमा जित हासिल गरेको छ भने ११ सिटमा अग्रता लिएको छ। गुजरात विधानसभामा ५९.७८ प्रतिशत मतदान भएको थियो।
त्यस्तै, गुजरात चुनावबाट ठूलो अपेक्षा गरेको आम आदमी पार्टीले भने १ सिटमा जित हात पारेको छ भने ४ सिटमा अग्रता हासिल गरेको छ।
गुजरातमा बीजेपी विगत २७ वर्षदेखि सत्तामा छ। पछिल्लो रुझानले यसपटक पनि गुजरातमा भारी बहुमतका साथ बीजेपीकै सरकार बन्ने देखिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
गुजरातमा सरकार बनाउन विधानसभामा ९२ सिट आवश्यक पर्छ।
यसअघि सन् २०१७ को चुनावमा बीजेपीले गुजरातमा ९९ सिट जितेको थियो। गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बीजेपी नेता एंव गृहमन्त्री अमित शाहको गृह राज्य पनि हो।
अहिले हिमाचल प्रदेश, गुजरातलगायत, ओडिशा, बिहार, राजस्थान, छत्तीसगढ र उत्तर प्रदेशका कूल ११६ केन्द्रमा मतगणना भइरहेको छ। हिमाचल र गुजरातबाहेकका प्रदेशमा भने उपनिर्वाचनको मतगणना भइरहेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
