ज्यापु संस्कृति विकास कोषले नेपाल भाषा, कला, संस्कृतिको विकासमा विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई सम्मान गरेकाे छ।
काठमाडौँ– राष्ट्रिय ज्यापु दिवस–२०७९ का अवसरमा नेपाल भाषा, कला, संस्कृतिको विकासमा विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई सम्मान गरिएको छ।
ज्यापु संस्कृति विकास कोषले बिहीबार बसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मान तथा पुरस्कार प्रदान गरे। ‘ज्यापु रत्न’बाट प्रा. डा. रामकृष्ण महर्जन, ‘ज्यापु विशिष्ट सम्मान’बाट ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, ‘ज्यापु विशेष सम्मान’बाट मणिकुमार प्रधान, पुष्पराज श्रेष्ठ, सूर्जनारायण प्रधान, अर्चना शाक्य श्रेष्ठ, अमित बज्राचार्य, शुष्मा राजभण्डारी, शङ्कर महर्जन र विष्णु जल्मी सम्मानित भए।
यसैगरी ‘ज्यापु सरस्वती पदक’बाट पल्पसा महर्जनलाई सम्मान गरियो। सो अवसरमा ‘ज्यापु सांस्कृतिक प्रतिभा सम्मान’ बाट नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक नवीन महर्जन, ‘ज्यापु प्रतिभा सम्मान’ बाट मिस नेवाः २०२२ की विजेता सलिना महर्जन, मिस नेपाल टिन २०२२ की विजेता सृष्टि महर्जन र मिस मङ्गोल बागमती २०२१ की विजेता प्रदिका महर्जनलाई पुरस्कृत गरिएको थियो। पुरस्कारको राशि जनही १० हजार रुपैयाँ छ।
कार्यक्रमअघि ६३ टोल गुठीका तर्फबाट सांस्कृतिक र्याली निकालिएको थियो। काठमाडौँ महानगरभित्रका परम्परागत नासःद्यः गुठी खलकको बाजागाजा संरक्षण तथा संवद्र्धनमा सहयोग गर्ने उद्देश्यका साथ २०५८ सालमा ज्यापु संस्कृति विकास कोषको स्थापना गरिएको थियो।
कोषले २०६१ सालदेखि नेवाः समुदायको मौलिक चाडपर्व यःमरी पुन्हीका दिनमा सांस्कृतिक अभियानका रूपमा ज्यापु दिवस मनाउँदै आएको छ। दिवसका आवसरमा सरकारले सार्वजनिक विदा दिने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
