सरकारले यातायात व्यवसायी तथा गाडीधनीलाई प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेकाे छ।
काठमाडाैँ– सरकारले मापदण्ड पूरा नगरि सञ्चालन भएका गाडीलाई एक लाख रुयैयाँसम्म जरिबाना गर्ने भएको छ।
पुस १ गतेदेखि परीक्षणका क्रममा प्रदूषण जाँच पास नहुने गाडीलाई जरिबाना गर्ने वातावरण विभागले जनाएकाे छ। यातायात व्यवसायी तथा गाडीधनीलाई प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन विभागको आग्रह छ।
विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै काठमाडौँ उपत्यकामा सञ्चालन भइरहेका गाडीमा धुवाँ निस्कासनको अवस्था अन्त्यन्तै दयनीय पाइएको जनाएको छ। विभागले गाडीको धुवाँ निस्कासनको अवस्थाबारे परीक्षणलाई प्रभावकारी बनाउने सूचनामा उल्लेख छ।
वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुल्ला ठाउँमा जलाउने फोहोर रहेको भन्दै गाडीधनीलाई मापदण्डको पालना गर्न सुझाइएको छ। विभागले टोल छिमेकमा खुला ठाउँमा फोहोर जलाउने काम नगर्न पनि आग्रह गरेको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
