नेपाल र भारतका सुरक्षा अधिकारीबीच बुधबार भएको छलफलमा १० दिनभित्र महाकाली नदीलाई पुरानो स्थानमै फर्काउने गरी सहमति भएको छ।
दार्चुला– दार्चुलामा भारतले एकतर्फी तटबन्ध निर्माण गर्न थालेपछि दुवै देशका नागरिकबीच आइतबार दोहोरो झडप सिर्जना भएको थियो।
बुधबार भारतको धार्चुलामा बसेको दुवै देशका प्रमुख सुरक्षा निकायको छलफलले भारतले एकतर्फी निर्माण गर्न लागेको ग्याबिन तटबन्ध तत्काल रोक्ने सहमति भएको छ। नेपालतर्फ मोडिएको नदीलाई पुनः आफ्नै धारमा फर्काइने सहमति भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। उनका अनुसार विवादित क्षेत्रमा तत्काल काम पनि शुरू नगर्ने सहमति बनेको छ।
भारतीय पक्षले एकतर्फी तटबन्ध निर्माण गरेपछि भएको विवाद समाधानका लागि नेपाल र भारतीय प्रशासनबीच आइतबार पनि जिल्ला प्रशासन कार्यालय दार्चुलामा छलफल भएको थियो। बुधबार भएको छलफलमा १० दिनभित्र नदीलाई पुरानो स्थानमै फर्काउने गरी सहमति भएको हो।
खलङ्गाका स्थानीयवासीको मागअनुसार नदीको बीचमा रहेका अस्थायी संरचना हटाउन भोलिदेखि १० दिनको समय दिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी राजेश शाहीले बताए।
नेपालतर्फ सोझिएको नदीको धार बीचमा पार्ने, अत्यावश्यकबाहेकका अस्थायी निर्माण गरेका संरचना तत्काल हटाउने, यसका लागि भारतीय जनशक्ति नै परिचालन गर्ने सहमतिसमेत भएको प्रजिअ उपाध्यायले जानकारी दिए। प्रजिअ उपाध्यायका अनुसार तोकिएको समय १० दिनभित्र सहमतिअनुसार काम गरे नगरेको अवस्थालाई हेरी पुनः भारतीय प्रशासनसँग छलफल अघि बढाइने छ।
खलङ्गास्थित बाङ्गाबगर क्षेत्रको पारिपट्टि भारतले महाकाली नदी नेपालतर्फ फर्किने गरी निर्माण गरिरहेको तटबन्धको चौतर्फी चर्चा भएको छ। नेपाल सरकारले कूटनीतिक नोट पठाएपछि भारतीय अधिकारीले हिजो महाकाली नदी क्षेत्रमा भइरहेको तटबन्ध निर्माणको कामको अनुगमनसमेत गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
