जर्मन संसद्‍मा आक्रमणको योजना बनाएको आशंकामा २५ जना गिरफ्तार

अति दक्षिणपन्थी समूहले जर्मनीमा अवस्थित राज्य व्यवस्थालाई हटाउने र यसलाई आफ्नै प्रकारको राज्यले प्रतिस्थापन गर्ने लक्ष्य राखेको सरकारी अधिकारीले जानकारी दिएका छन्।

जर्मन प्रहरीले बुधबार राष्ट्रव्यापी छापा मार्ने क्रममा संसद्मा‍ आक्रमणको योजना बनाएको आशंकामा अति दक्षिणपन्थी आतंकवादी समूहका २५ जनालाई गिरफ्तार गरेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।

राष्ट्रव्यापी छापा मार्ने क्रममा तीन हजारभन्दा बढी सरकारी अधिकारीसहित आतंककारीविरुद्ध संलग्न रहेका समूहले    बिहानको सयम कारबाही शुरू गरेको थिए। १३० भन्दा बढी सम्पत्तिहरू खोजी गरेका जनाइएको छ। यस कार्यलाई जर्मन सञ्चार माध्यमले ठू–ठूला प्रहरी कार्यहरूमध्ये एक भएको बताएको छ।

‘सानो सशस्त्र समूहसँग जर्मन संसद्‍मा हिंसात्मक रूपमा जबरजस्ती गर्न ठोस तयारी गरेको’ आशंका गरिएको ‘रेचका नागरिक’ (रेच्सबर्गर) आन्दोलनका कथित सदस्यहरूलाई लक्षितगरी छापा मारिएको अभियोजनकर्ताहरूले एक विज्ञप्तिमा बताएका छन्।

पक्राउ परेकाहरूलाई पछिल्लो समय नोभेम्बर २०२१ को अन्त्यसम्ममा एउटा आतंकवादी समूह बनाएको आरोप लगाइएको छ। यस समूहले जर्मनीमा अवस्थित राज्य व्यवस्थालाई हटाउने र यसलाई आफ्नै प्रकारको राज्यले प्रतिस्थापन गर्ने लक्ष्य राखेको उनीहरूले जानकारी दिएका छन्। पक्राउ परेका २५ मध्ये दुई जना अस्ट्रिया र इटालीमा रहेका जनाइएको छ।

रेच्सबर्गर आन्दोलनले आधुनिक जर्मन गणतन्त्रको वैधतालाई अस्वीकार गर्ने नव–नाजीहरू, षड्यन्त्र सिद्धान्तवादीहरू र बन्दुक उत्साहीहरू समावेश रहेको छ। ‘संदिग्ध आतंकवादी योजना ध्वस्त' गरेकोमा न्यायमन्त्री मार्को बुशम्यानले ट्वीटरमार्फत प्रशंसा गरेका छन्। यसले जर्मनीले आफ्नो लोकतन्त्रको रक्षा गर्न सक्षम भएको देखाएको मार्कोले बताएका छन्।