प्रतिबन्ध फुकुवासँगै क्युवामा महिलाहरूलाई कुस्ती, भारोत्तोलन, कराते, तेक्वान्दो र जुडोमा भाग लिन अनुमति दिइने छ।
काठमाडौँ– क्युवामा महिला बक्सिङमाथि लगाइएको प्रतिबन्ध ६० वर्षपछि फुकुवा गरिएको छ। क्युवाको नेशनल स्पोर्ट्स इन्स्टिच्युटका उपाध्यक्ष एरियल सान्जका अनुसार अब क्युवाली महिलाले प्रतिस्पर्धात्मक बाउटमा प्रतिस्पर्धा गर्न पाउने भएका छन्।
“हामीसँग कानुन छ। अब महिला र पुरुषमा समानता हुनेछ,” उनले भने। उनले क्युवामा महिला बक्सिङमाथि किन प्रतिबन्ध लगाइयो भन्ने कुरा बताउन चाहेनन्। यद्यपि, महिलाहरूले कुस्ती, भारोत्तोलन, कराते, तेक्वान्दो र जुडोमा भाग लिन अनुमति पाउँदै आएका थिए।
उनका अनुसार यो महिना ४२ महिला बक्सरलाई समेट्दै प्रतियोगिता आयोजना गरिने छ। त्यसपछि १२ सदस्यीय राष्ट्रिय महिला टोली छनोट गरिने छ। टोलीले एल साल्भाडोरमा हुने सेन्ट्रल अमेरिकन र क्यारेबियन खेलबाट अन्तर्राष्ट्रिय डेब्यू गर्नेछ।
क्युवा बक्सिङका लागि विश्वभर परिचित छ। क्युवामा फेलिक्स साभोन, टेफिलो स्टिभेन्सन र जुलियो सेसर ला क्रुजजस्ता चर्चित बक्सरहरू जन्मिएका छन्।
क्युवाले ओलम्पिकमा बक्सिङतर्फ ४१ स्वर्ण जितेको छ। यो देश ओलम्पिकमा बक्सिङतर्फ सबैभन्दा बढी पदक जित्नमा दोस्रो स्थानमा छ। शीर्ष स्थानमा अमेरिका छ। जसले ५० स्वर्णसहित कुल ११७ पदक जितेको छ। क्युवाको कुल पदक ७८ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
