हवाइ दुर्घटना हुनसक्ने भन्दै नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थल वरपर चंगा उडाउन प्रतिबन्ध लगाएको छ। प्रतिबन्धको अवज्ञा गर्दै चंगा उडाएको पाइए कारबाही गरिने प्राधिकरणले जनाएको छ।
काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चंगा उडाउनेलाई कारबाही हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सूचना प्रकाशित गरी विमानस्थल वरपर चंगा उडाउँदा हवाइ उडानमा खतरा हुने भन्दै सो कार्य तत्काल रोक्न आग्रह गरेको छ।
विमानस्थलमा जहाज उडान तथा अवतरणको समयमा विमानस्थलको आसपासको क्षेत्रमा चंगा उडाउँदा विमानको उडान सुरक्षामा गम्भीर असर पर्नसक्ने भएको हुँदा यस किसिमको गतिविधि एवं क्रियाकलाप नगर्न/नगराउन हुन सम्बन्धित सबैमा प्राधिकरणले प्रकाशित गरेको सूचनामा जनाइएको छ।
यदि कसैले उक्त सूचनाको अवज्ञा वा अटेर गरी चंगा उडाउने कार्य वा गतिविधि गरे, गराएको पाइए प्रचलित कानुनबमोजिम कडा कारबाही हुनेसमेत प्राधिकरणले चेतावनी दिएको छ। दशैँ नजिकिएसँगै अहिले विमानस्थललगायत काठमाडौँका विभिन्न स्थानमा चंगा उडाउन थालिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
