‘विपिन जोशीको सरोकारमा जोडिएर आगामी साता विपिनकी आमा र बहिनी इजरायल आउँदै हुनुहुन्छ। उहाँहरूलाई यहाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गराउने पहल भइरहेको छ।’
सबैको सरोकारको केन्द्रमा रहेको नेपाली विद्यार्थी विपिन जोशीको अपहरण र हालको अवस्थाबारे तपाईंको कूटनीतिक तहमा कत्तिको ‘फलोअप’ भइरहेको छ?
यसबारे यसै भनेर केही बोल्न मिल्दैन। यसको कसैसँग उत्तर छैन, मसँग पनि छैन। शायद हमाससँग पनि उत्तर छैन होला। यहाँ (इजरायल) सरकारसँग पनि यसको उत्तर छैन।
गत वर्ष फागुनमा (युद्धविराम भएताका) केही विदेशी राजदूतको समूहसँग भ्रमणका क्रममा तपाईं प्यालेस्टाइन, गाजा क्षेत्र पुग्नुभएको थियो। त्योबेला ‘आफूले त्यहाँ हमासद्वारा अपहरणमा परेका विपिन जोशीको तस्वीर देखेको’ प्रत्यक्ष बयान मिडियामा दिनुभएको थियो। त्यसपछि भएका विभिन्न चरणका संवाद र राखिएका सरोकारमा विपिनको अवस्थाबारेमा किन ‘मौनता’ छाएको हो?
मैले भनिसकेँ त, यसै भनेर केही बोल्न मिल्दैन। तेल अबिबमा राष्ट्रपति आइज्याक हर्जोग र प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पनि विपिन जोशी सरोकारमा बारम्बार कुराकानी भएको छ। यही सरोकारमा जोडिएर आगामी साता विपिनकी आमा र बहिनी इजरायल आउँदै हुनुहुन्छ। उहाँहरूलाई यहाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गराउने पहल भइरहेकै छ।
संसदीय समितिमा इजरायल–प्यालेस्टाइन वार्ता गराउने तहको बयान दिनुभएको थियो। अहिले युद्धरत यो अवस्थामाझ विपिन जोशीको गम्भीर सरोकार बाँकी छँदै तपाईं कहिले नेपालबाट स्थानीय निकायका पदाधिकारी त कहिले राजनीतिक नेताहरूको स्वागतार्थ हतारिनुभएको देखिन्छ। यस्तो बेला अलिकति विवेक र मानवीय संवेदना चाहिँदैन?
हो, अस्ति नेपालबाट केही मेयर यता भ्रमणमा आउनुभएको थियो। पछि पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि आउनुभयो। तर, हेर्नुहोस्– जीवन एकतर्फी मात्रै चल्दैन। जीवनका अनेक पाटा छन्। उसको (विपिनको) खोजी आफ्नो ठाउँमा छ, अरू सबै कुरा बन्द गरिदिने भन्ने आउँदैन नि। भ्रमण र सम्बन्धका अरू आयाम चलिरहन्छन्। कुनै एउटा दुर्घटना हुँदैमा सबै प्रक्रिया टुंगिने होइन। यसबारे यता (इजरायल) भ्रमणमा आउने नेता ज्ञवाली र अरू मेयरलाई पनि सोध्नुहोला। अनि फेरि मलाई सोध्नुहोला।
विपिन सरोकारबाहेक, इजरायलमा कामदारका रूपमा जाने कृषि मजदुर तथा अध्ययनमा जाने विद्यार्थीको पछिल्लो अवस्था कस्तो छ?
२०२३ अक्टोबर ७ को इजरायलमाथिको आक्रमणपछि यहाँ कामदार अभाव भएको र निकै संकट उब्जिएको अवस्था थियो। तर, त्यसपछि भने इजरायलमा म्यानपावरको उपायबाट वा आफ्नै तरिकाले ई–भिसा (भिजिट भिसा) बाट ३६० जना नेपाली कृषि मजदुरका रूपमा आएका रहेछन्। उनीहरू भिजिट भिसाको उपायमा काठमाडौँबाट बैंकक, कोलम्बो वा मुम्बई हुँदै यता आएको थाहा भयो। फेरि म्यानपावरको लिंकबाट मोल्दोभा, पोल्यान्ड, साइप्रसमा रहेका थप ३०० नेपाली कामदार पनि यहाँ आइपुगेको थाहा भयो, उनीहरू कृषि मजदुरका रूपमा कार्यरत छन्।
अक्टोबर ७ को घटनामा पर्नेमध्ये चार जना सम्पूर्ण सहुलियत सुविधामा हिब्रु विश्वविद्यालय, कृषि क्याम्पसमा अध्ययनरत छन् भने घाइतेमध्ये एकजना विद्यार्थी अहिले पनि उपचाररत छन्। उक्त दुर्घटनाका कारण घाइते भएर एउटा खुट्टा छोटो भएको अवस्थामा त्यसको सर्जरी तथा प्रत्यारोपणको उपचार अहिले जारी छ। यस्तै, थप सातजना विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेको जानकारी छ।
अक्टोबरको घटनापछि विगतमा सरकारी प्रक्रियाअन्तर्गत काममा जाने (जीटुजी) केयर गिभरको छनोट प्रक्रिया भइसकेर पनि पठाउने काम रोकिएको थियो। अहिलेको अवस्था के छ?
इजरायलमा कामदारको आकर्षण केयर गिभरमा पनि हो। नेपालले दक्षिण कोरिया र इजरायलमा मात्रै जीटुजीमार्फत कामदार पठाउँदै आएको हो। तीन वर्षयता (गत जनवरीसम्म)को केयर गिभर संख्या १ हजार ३४५ जना रहेकोमा पछिल्लो ६ महिनामा मात्रै थप एक हजार जति केयर गिभर कामदार यहाँ थपिएका छन्। पाँच बर्से अवधिका लागि यता आएका केयर गिभर त्यति सजिलै घर फर्किनै चाहँदैनन्, यहाँको तलब र सुरक्षा तथा सेवा सुविधाका कारण।
विगतमा नेपाल सरकारले छनोट गरिसकेका २ हजार १०० जति कामदारलाई इजरायल ल्याउने प्रक्रिया रोकिएको थियो, अहिले तीमध्ये १ हजारजति यता आएका हुन्। अरू थप ल्याउने प्रक्रिया जारी छ। यसबाहेक, सन् २००३ देखि बस्दै आएका १ हजार जति पुराना केयर गिभर पनि यतै छँदै छन्। विगतमा (२००३ आसपास) इजरायलमा २५ हजार नेपाली कामदार (केयर गिभर, कृषि श्रमसहित) रहेकोमा २ हजारभन्दा बढी युरोप र अमेरिका गएका रहेछन्।
इजरायलले साइप्रस समेतको सहप्रमाणीकरण मामला हेर्ने भएकाले त्यहाँ रहेका नेपालीको स्थिति के छ?
तथ्यांकअनुसार, साइप्रसमा २० हजार जति नेपाली छन्। यसमा ५०० जति विद्यार्थी र बाँकी होटल, पर्यटन, घरेलु कामदार आदिमा कार्यरत श्रमिक छन्। साइप्रसमा घरमा काम गर्ने (घरेलु कामदार)लाई मासिक तलब ४०० युरो रहेछ, यो एकदमै न्यून भयो भनेर बढाउन संवाद शुरू भएको छ। बाहिर काम गर्नेका हकमा भने मासिक १ हजार १०० युरो रहेछ। म आफ्नो ओहदा बुझाउन साइप्रस गइनसकेकाले अरू विस्तृत विवरण भने आउन बाँकी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
