Monday, May 06, 2024

-->

देशका विभिन्न स्थानमा हावाहुरी तथा वर्षाको सम्भावना

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। लुम्बिनीसहित तराईका केही स्थानमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ।

देशका विभिन्न स्थानमा हावाहुरी तथा वर्षाको सम्भावना

काठमाडौँ– नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ।

यी प्रदेशका पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। लुम्बिनीसहित तराईका केही स्थानमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ। 

राति कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। यी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना पनि छ। लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ।


सम्बन्धित सामग्री