Monday, May 06, 2024

-->

झापामा जिपसँग मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु

बुधबार बिहान भएको दुर्घटनामा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो। उनीहरूको सनाखत हुन बाँकी छ।

झापामा जिपसँग मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु

झापा– शिवसताक्षी नगरपालिका–८ झिलझिलेमा जिप र मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। 

बुधबार बिहान भएको दुर्घटनामा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो। उनीहरूको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए। 

उनका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुंगातर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको जिप एकआपसमा ठोक्किएका थिए। 


सम्बन्धित सामग्री