म्युनिख र डबलिनमा समेत साइबर सुरक्षा केन्द्र रहेको गुगलले यस नयाँ केन्द्रमा भने साइबर खतरासँग जुध्नका लागि उपकरण निर्माण गर्ने विज्ञ राख्ने जनाएको छ।
साइबर आक्रमणमा वृद्धि हुँदै गएको र यसले राजनीतिक प्रणालीमा खलल पुर्याउने खतरा रहेको भन्दै गुगलले युरोपमा आफ्नो सबैभन्दा ठूलो साइबर सुरक्षा केन्द्र खोलेको छ।
सिलिकन भ्याली फर्मले नीति निर्मातासँग एक वर्षको कुराकानीपछि दक्षिणी स्पेनी शहर मालागामा नयाँ केन्द्र खोलेको हो।
गुगलका अन्तर्राष्ट्रिय मामिला प्रमुख केन्ट वाकरले भने, “गत वर्ष साइबर आक्रमण ३८ प्रतिशतले बढेको थियो र यो थप बढ्दो क्रममा छ। त्यसैले हामीले अन्तर्राष्ट्रिय स्तरमा मिलेर काम गर्न आवश्यक छ।”
युरोपेली संसद्की उपाध्यक्ष दिता चरन्जोभाले हरेक दिन गलत अनुमानित दुई लाख ३० हजार वटा गलत मनसायले बनाइएका सफ्टवेयर डाउनलोड भइरहेको बताइन्।
“हामीलाई कुनै शंका छैन कि युरोपेली चुनाव गलत सूचना र साइबर हस्तक्षेपको निशाना बन्नेछ,” उनले भनिन्।
म्युनिख र डबलिनमा समेत साइबर सुरक्षा केन्द्र रहेको गुगलले आफ्नो मालागा साइटमा भने साइबर खतरासँग जुध्नका लागि उपकरण निर्माण गर्ने विज्ञ राख्ने समाचार संस्था एएफपीले जनाएको छ।
यसले सरकारी अधिकारी, कम्पनी र गैरसरकारी संस्थालाई तालिम दिन पनि मद्दत गर्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
