धादिङको खरी केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्यूडको भूकम्प

बिहान ७:३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६.१ म्याग्निचूडको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। 

सांकेतिक तस्वीर

काठमाडौँ– धादिङको ज्वालामुखी गाउँपालिका–५ खरी आसपास केन्द्रबिन्दु बनाएर आइतबार बिहान भूकम्प भएको छ। 

बिहान ७:३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६.१ म्याग्निचूडको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। 

भूकम्पको धक्का काठमाडौँ उपत्यकालगायत धादिङ आसपासका जिल्लामा महसुस गरिएको थियो।

साथै यो भूकम्प २०७२ सालको ‘गोरखा भूकम्प’को परकम्प भएको अधिकारीले जानकारी दिए।