प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले नेपालका नदी, खोलाबाट गिट्टी बालुवा र ढुङ्गा उत्खनन् कार्य खोल्न आवश्यक रहेको बताएका छन्।
काठमाडाैँ– प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले नेपालका नदी, खोलाबाट गिट्टी, बालुवा र ढुंगा उत्खनन् खोल्न आवश्यक रहेको बताएका छन्।
सोमबार न्युज एजेन्सी नेपालले आयोजना गरेको नदी र खानीजन्य पदार्थको उत्खनन्मा देखिएका कानूनी समस्या समाधान विषयक कार्यक्रममा बोल्दै समिति सभापति सिंहले क्रसर उद्योग सञ्चालनको लागि आवश्यक गिट्टी, बालुजा र ढुंगा उत्खनन् रोक्न नहुने बताए। सभापति सिंहले नेपालका नदी तथा खोलाको गिट्टी बालुवा र ढुंगा समयमा नै उत्खनन् गर्न नसके नेपालकाे अवसर भारतलाई मिल्ने धारणा पनि राखे।
उनले सरकारले कानूनी जटिलता सहज बनाएर नदी तथा खोला उत्खनन् गर्नसके हजारौँलाई रोजगारी र राज्यलाई अर्बौंको आम्दानी आर्जन हुने पनि बताए। नदी र खोलाको गिट्टी, बालुवा र ढुंगा उत्खनन् गर्न नसक्दा रोजगारी मात्रै नभएर राज्यको राजश्व समेत गुम्ने खतरा रहेको उनकाे भनाइ छ।
यस्तै उनले क्रसरको ठेक्का लिन मेयर उपमेयरहरू नै अग्रसर रहेको भन्दै यस्तो कार्य रोक्न आवश्यक रहेकाे औँल्याए। विगतमा समितिहरूमा के काम गर्यो भन्नेकुरा भन्दा पनि आफ्नो कार्यकालमा कुनै पनि बेइमानी नगर्ने प्रतिबद्धता व्यक्त गरे।
‘खोला नदीका गिट्टी ढुंगाहरू समयमा नै उत्खनन् गर्न सकेनौं भने बालुवाको रुपमा भारत पुग्छ। त्यहाँबाट हामीले केही पाउँदैनौँ । न त व्यवसाय गर्ने व्यवसायीहरूले रोजगारी दिन सक्नुहुन्छ। क्रसर उद्योगमा लागेर हजारौं नागरिकहरूले रोजगारी पाएका छन्। क्रसर उद्योग बन्द भए ती सबै मानिसहरू विदेश जानुपर्ने अवस्था आउँछ। त्यहाँबाट राज्यले राजश्व पनि गुमाउँछ," उनले भने, "तर, मेयर/उपमेयरहरूले लिने यस्तो ठेक्का रोक्नुपर्छ। संसदको समितिहरूमा विगतमा के भयो मतलब छैन। मेरो कार्यकालमा कुनै पनि बेइमानी गर्दिन।"
यस्तै, उनले सरकारका सचिव र मुख्यसचिवहरूले विदेशी कम्पनीहरूलाई खुसी बनाउनको लागि हुने/नहुने योजनाहरू हालिदिने गरेको आरोप पनि लगाए। उनले अब सरकारका सचिव र मुख्यसचिवहरूलाई रिटार्यड भएको पाँच वर्षपछि विदेशी कम्पनीमा जागिर खान नपाउने व्यवस्था गर्न आवश्यक रहेको भन्दै त्यस्ताे व्यवस्था भए मात्रै मुलुकलाई लयमा ल्याउन सकिने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
