अर्थमन्त्री प्रकाशशरण महतले नेपालमा आईटी क्षेत्रमा ठूलो सम्भावना रहेकाले सरकारले प्रोत्साहन गरिरहेको दाबी गरेका छन्।
काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महत १२ कक्षाको अध्ययन सक्नेबित्तिकै विदेश जानुपर्छ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्। बिहीबार काठमाडौँमा भएको कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले राष्ट्रिय रूपमा सबैको मानसिकता बाहिर जानैपर्छ भन्ने भएको भन्दै विद्यार्थी र युवाहरूको मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताएका हुन्।
नेपालमा नै धेरै अवसरहरू भएको भन्दै ५० देखि १०० प्रतिशत छात्रवृत्तिबिनाको विदेशमा अध्ययनका लागि जानु नहुने उनको भनाइ छ। उनले नेपालबाट जाने विद्यार्थीहरू राम्रो विश्वविद्यालयहरूमा नगएको भन्दै उनीहरूले अध्ययन पूरा गर्न नसक्ने, राम्रो अवसरसमेत पाउन नसकेको उल्लेख गरे। उनले नेपालमा इन्जिनियरिङ पढ्नेहरू अन्तर्राष्ट्रिय राम्रो क्याम्पसहरूमा छात्रवृत्ति पास गरेर जान सक्ने क्षमता भए पनि कक्षा १२ बाटै ४० हजार विद्यार्थी बाहिर जाने गरेको भन्दै असन्तुष्टि जनाए।
“नेपालमा इन्जिनियरिङ पढ्नेहरू अन्तर्राष्ट्रिय राम्रो क्याम्पसहरूमा छात्रवृत्ति पास गरेर जान सक्ने क्षमता नेपाली विद्यार्थीहरूमा छ। तर कक्षा १२ बाट नै ४० हजार विद्यार्थी बाहिर गएका छ। अहिले राष्ट्रिय रूपमा सबैको मानसिकता बाहिर जानै पर्छ भन्ने भएको छ। अब विदेश नजानु भनेको इज्जत नै जाने जस्तो भइसक्यो,” उनले भने, “यो मानसिकता परिवर्तन गर्न आवश्यक छ।”
अर्थमन्त्री महतले नेपालमा टेक्नोलोजी क्षेत्रमा ठूलो अवसर रहेको बताए। उनले पछिल्लो समय ठूलो संख्यामा युवाहरू आईटीमा लागे पनि करको दायरामा भने नआएको उल्लेख गरे। उनले नेपालबाट बेलायतमा १०० मिलियन पाउन्ड बराबरको सफ्टवेर निर्यात हुने गरेको बेलायतले स्वीकार गरेको उल्लेख गरे। उनले नेपालमा आईटी क्षेत्रमा ठूलो सम्भावना रहेकाले सरकारले प्रोत्साहन गरिरहेको दाबी गरे। उनले आर्थिक वर्षको बजेटमा आईटी क्षेत्रमा लगाएको लगानीको ५० प्रतिशत आम्दानी कर कम गर्ने नीति लिएको पनि बताए।
उनले आईटी र पर्यटनको ठूलो सम्भावनाको खानी नेपाल भएकाले पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताए। उनले पर्यटन प्रवर्द्धनका लागि ठूलो ऋण लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाए पनि कसरी ऋण तिर्ने भन्ने समस्यामा सरकार रहेको बताए। उनले पोखरा विमानस्थलभन्दा पहिला त्यो लगानीले निजगढमा विमानस्थल बनाएको भए राम्रो हुने अवस्था देखिएको उल्लेख गरे। उनले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता निश्चित रहेकाले धेरै पर्यटक आउन भन्न सक्ने अवस्था नभएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
