Monday, May 06, 2024

-->

चन्द्रयान–३ को सफल अवतरण, चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो देश बन्यो भारत

यसअघि चन्द्रमाको यही क्षेत्रमा पुग्ने लक्ष्यसहित गएको रुसी यान लुना–२५ गएकाे आइतबार चन्द्रमाकाे नजिक पुगेर दुर्घटनामा परेको थियो।

चन्द्रयान–३ को सफल अवतरण चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो देश बन्यो भारत

काठमाडौँ– भारतको चन्द्रयान–३ ले चन्द्रमामा सफल अवतरण गरेको छ। गएकाे जुलाइ १४ मा उडान गरेकाे यानले ४० दिनको यात्रापछि बुधबार साँझ ६ बजेर ४ मिनेटमा चन्द्रमामा सफल अवतरण गरेको हो। 

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)का प्रमुख एस. साेमनाथले अभियानको सफलताको घोषणा गरेका छन्। योसँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो राष्ट्र बनेको छ। यसअघि चन्द्रमाको यही क्षेत्रमा पुग्ने लक्ष्यसहित गएको रुसी यान लुना–२५ गएकाे आइतबार चन्द्रमाकाे नजिक पुगेर दुर्घटनामा परेको थियो। 

चन्द्रमाकाे सतहमा भने याेभन्दा अगाडि रुस, अमेरिका र चीन पुगिसकेका छन्। भारत चाैथाे देश बनेकाे छ। अहिलेसम्म चन्द्रमामा पठाइएका यानहरु त्यहाँको भूमध्यरेखीय क्षेत्रमा पुगेका छन्, जहाँको सतह समथर छ। तर, चन्द्रमाको दक्षिणी धुव्रमा कैयौँ ज्वालामुखी छन् भने त्यहाँको सतह पनि उबडखाबड छ। अँध्यारोले घेरिएको दक्षिणी ध्रुव रहस्यमयी भएको वैज्ञानिकहरु बताउँछन्। तर याे क्षेत्रमा पानीकाे स्राेत भएकाे अनुमान गरिएकाे छ। त्यसैले चन्द्रयान–३ को मुख्य उद्येश्य चन्द्रमामा बरफको खोजी गर्नु हो। चन्द्रमामा पानीको स्रोत फेला परे भविष्यमा त्यहाँ मानव बसोबासको लागि सहयोग पुग्ने बताइएको छ।

चन्द्रयान–३ सन् २०१९ को चन्द्रयान–२ को निरन्तरता हो। त्यतिबेला विक्रम नाम दिइएको साे यान चन्द्रमा सतहमा पुगेर दुर्घटना भएको थियो। 


सम्बन्धित सामग्री