दक्षिण अफ्रिकाको डर्बनमा जारी वार्षिक सम्मेलनले महिला र पुरुष टोलीको पुरस्कार बराबर बनाउने घोषणा गरेको हो। अब, एकदिवसीय, टी–२० र अन्य आईसीसी प्रतियोगिताको पुरस्कार राशी समान हुनेछ।
काठमाडौँ– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले महिला र पुरुष टोलीको पुरस्कार बराबर बनाउने ऐतिहासिक निर्णय गरेको छ।
दक्षिण अफ्रिकाको डर्बनमा जारी वार्षिक सम्मेलनले दुवै टोलीको पुरस्कार समान बनाउने घोषणा गरेको हो। एकदिवसीय, टी–२० र अन्य आईसीसी प्रतियोगिताको पुरस्कार राशी समान हुनेछ।
आईसीसी अध्यक्ष ग्रेग बार्कलेले यो ठूलो र ऐतिहासिक निर्णय भएको बताएका छन्। “म खुशी छु कि अब आईसीसी प्रतियोगितामा पुरुष र महिला खेलाडीले समान पुरस्कार पाउनेछन्। सन् २०१७ देखि हामीले समान पुरस्कार राशिमा पुग्ने कुरामा स्पष्ट ध्यान केन्द्रित गर्दै प्रत्येक वर्ष महिला प्रतियोगितामा पुरस्कार राशि बढाएका छौँ,” उनले भने।
अब आईसीसी महिला विश्वकप, महिला टी–२० विश्वकप र यू–१९ महिला विश्वकपको विजेताले पुरुष सरह कै पुरस्कार पाउने उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
