प्रसारण लाइनमा प्राधिकरण र निजी क्षेत्रले निर्माण गरेका आयोजनाको ११० मेगावाट विद्युत् जोडिएको छ। २५० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने प्राधिकरणले जनाएको छ।
काठमाडौँ– चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ। दार्चुलाको शैल्यशिखर नगरपालिकास्थित बलाँचबाट शुरू भई बैतडी, डडेलधुरा, डोटी हुँदै कैलालीको अत्तरिया सबस्टेसनमा अन्त्य हुने प्रसारण लाइनको लम्बाइ १३१ किलोमिटर छ।
३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाले बनाएको प्रसारण लाइनको पहिलो सर्किट २०७३ देखि सञ्चालनमा थियो। कोरियाली एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा डबल सर्किट हुने गरी प्रसारण लाइनका टावर संरचना बनाएको थियो।
तर, आयोजनाले एउटा मात्र सर्किट निर्माण गरी सञ्चालनमा ल्याएको थियो। नेपाल सरकारको ६० करोड रुपैयाँ लगानीमा दोस्रो सर्किट निर्माण गरी लाइन सञ्चालनमा ल्याइएको हो।
एउटा सर्किटले मात्र नधान्ने भएपछि अर्को सर्किट थपिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। “प्रसारण लाइन पूर्वाधार निर्माण भएपछि दार्चुला र बझाङस्थित खोलानालामा जलविद्युत् आयोजना निर्माणको ढोका खुलेको छ”, कार्यकारी निर्देशक घिसिङले भने, “अब त्यस क्षेत्रमा उत्पादित २५० मेगावाटसम्म विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको छ।”
यो प्रसारण लाइनमा अहिले प्राधिकरण र निजी क्षेत्रले निर्माण गरेका आयोजनाको ११० मेगावाट विद्युत् जोडिएको छ। निजी क्षेत्रका आयोजनाको ५० मेगावाट विद्युत् जोडिने क्रममा छ। डडेलधुराको स्याउलेमा १३२/३३ केभी सबस्टेसन सञ्चालनमा छ।
बलाँच सबस्टेसनबाट आएको विद्युत् स्याउले सबस्टेसनबाट डडेलधुरा, दार्चुला, डोटी, बैतडी र अछाममा आपूर्ति गरिएको छ। त्यस क्षेत्रमा करिब ६ मेगावाट विद्युत् खपत हुन्छ। दोस्रो सर्किटको आयोजना आर्थिक वर्ष २०७४/७५ मा थालिएको थियो।
कोभिड–१९ महामारी र डडेलधुरा तथा दार्चुलामा तार तान्न अवरोध हुँदा सम्पन्न गर्न केही ढिलाइ भएको आयोजना प्रमुख अनिल अधिकारीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
