चीनले विस्तार गरिदिएको कोटेश्वर-कलंकी चक्रपथमा दरारलगायत प्राविधिक समस्या आएपछि नेपालले बनाउने भनिएको आकाशे पुल, सर्भिस लेन, सर्भिस ट्र्याकलगायत काम हुनै सकेको छैन।
काठमाडौँ- चीन सरकारको अनुदानमा विस्तार भएर पाँच वर्षअघि नै नेपाल सरकारलाई हस्तान्तरण भएको कोटेश्वर-कलंकी चक्रपथ सडकमा नेपालले गर्नुपर्ने काम अझै पूरा हुन सकेको छैन। प्राविधिक समस्या आएपछि सडक नियमित मर्मत गर्नुपर्दा नेपालले बनाउने भनिएको आकाशे पुल, सर्भिस लेन र सर्भिस ट्र्याक निर्माणलगायत काममा ढिलाइ भएको हो।
यो खण्डको सडकमा देखिएका दरार मर्मतका लागि अझै भत्काउने र बनाउने क्रम चलिरहेको छ। यो सडक भएर हिँड्नेले सास्ती बेहोर्नु परिरहेको छ।
कोटेश्वरदेखि कलंकीसम्म नै सडकमा दरार देखिएपछि कालोपत्रे थपिएको छ। सडक डिभिजन ललितपुरका इन्जिनियर अशोक यादवका अनुसार बालकुमारीस्थित निर्माणाधीन ओभरपासबाहेकको खण्डमा कालोपत्रे गरिएको हो। सडक किनारमा राखिएका डन्डी तथा पोल र सडकको जेब्राक्रसलगायत भागमा रङ पनि लगाइएको छ। यसका लागि ३० करोड खर्च भएको उनले बताए।

यसअघि, नख्खुदोबाटो, एकान्तकुना र सातदोबाटो चोकमा बनिसकेको सडक भत्काएर पुन: बनाउनु परेको थियो। इन्जिनियर यादवका अनुसार सडकको मोड नपुगेको कारण सडक फराकिलो पारिएको थियो।
यता, ललितपुरको ग्वार्कोमा ओभरपास निर्माणका लागि सडकको मुख्य लेन छेकिएको छ। तर डिजाइन नै फेर्नु परेपछि काम रोकिएको छ।
गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर राकेश महर्जनका अनुसार ग्वार्कोमा अत्यधिक जाम हुने भएकाले त्यहाँ ओभरपास निर्माण थालिएको हो। पहिलाको डिजाइन अनुसार काम गर्न मेसिन उपलब्ध नहुँदा काम रोकेर नयाँ डिजाइनको काम अघि बढाएको उनी बताउँछन्।

सडक डिभिजन कार्यालय काठमाडौँका प्रवक्ता सुनित केसीका अनुसार बल्खुबाट कलंकी जाँदा दायाँतर्फको सर्भिस ट्र्याकको काम सकिएको छ। वर्षातका कारण मूल सडक कालोपत्रे हुनसकेको छैन। बायाँतर्फको सर्भिस ट्र्याक भने भौगोलिक समस्याले बन्नै सकेको छैन।
हाल काठमाडौँ चक्रपथ सुधार आयोजनाले उक्त खण्ड खुलाउने काम गरिरहेको प्रवक्ता तथा इन्जिनियर शंकर खनालले बताए। बल्खु-कलंकी खण्डमा सर्भिस लेन र ट्र्याकमा पानी निस्किएपछि समस्या भएको उनको भनाइ छ। त्यसलाई मर्मत गर्न परामर्शदाता छनोटको प्रक्रिया अघि बढेको खनालले बताए।
ट्र्याक खुल्न नसक्दा उक्त सडक पार्किङ स्थल भएको छ।
स्थानीय अवस्था र आवश्यकता नबुझी र सरोकारवालासँग सल्लाह नगरी दातृ निकायले सडक बनाइदिँदा समस्या आएको हुन सक्ने सडक विभागका पूर्वमहानिर्देशक शिवहरी सापकोटा बताउँछन। सडकको अधिकतम प्रयोग हुन नपाउँदै ओभरपास लगायतका संरचना बनाउन सडक अवरुद्ध गर्नुले योजनाबद्ध काम नभएको बुझिने उनको भनाइ छ।
बाँकी भिडियो कथामा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
