एकल आमाले समाज मात्र नभई आफ्नै परिवारबाट सहयोग नपाउँदा जीवन यात्रामा भोग्ने कठिनाइ चलचित्रमार्फत उजार गरिएको छ।
काठमाडौँ– उपसभामुख इन्दिरा रानाले समाज परिवर्तनमा पुरुषको भूमिका विशेष हुने बताएकी छन्।
बुधबार साँझ आयोजित चलचित्र ‘बगान’ को विशेष प्रदर्शनीमा सहभागी हुँदै उनले उक्त चलचित्रमार्फत एकल आमाको कथा, संघर्ष, दायित्वसँगै परिवार र समाजबाट खोज्ने साथलाई देखाइएको बताइन्।
“एकल आमाको भावनालाई चलचित्रमार्फत समाजसम्म पुर्याउने प्रयास गरिएको छ। समाज मात्र नभई आफ्नै परिवारबाट सहयोग नपाउँदा जीवन यात्रामा भोग्ने कठिनाइ चलचित्रमार्फत उजार गरिएको छ,” उपसभामुख रानाले भनिन्, “समाज रूपान्तरणमा पुरुषले महिलालाई साथ दिने मात्र नभई परिवर्तनकारी भूमिका निर्वाह गर्नुपर्छ।”
एकल आमाले नयाँ जीवन बाँच्न पाउनुपर्छ भन्ने तथ्यलाई प्रस्ट्याउँदै उक्त चलचित्रले समय परिवर्तन गर्न भूमिका खेल्ने उनको विश्वास थियो।
विशेष प्रदर्शनीमा चलचित्र ‘बगान’ हेर्न कलाकर्मी पनि उपस्थित थिए। चलचित्र हेरेपछि अभिनेता रमेश उप्रेतीले आफूले केही दृश्यमा आँसु रोक्न नसकेको प्रतिक्रिया दिए।
“यसमा कथ्य शैलीसँगै हरेक कलाकार आफूलाई सुहाउँदो भूमिकामा प्रस्तुत हुनुभएको पाएँ। अभिनेता सरोज खनालको भूमिका महत्त्वपूर्ण रहेछ,” उनले भने।
अभिनेत्री करिश्मा मानन्धरले चलचित्रको कथा मन परेर नै अभिनयसँगै निर्माणमा सहकार्य गरेको बताइन्। “यसमा मेरो र मेरो आमाको कथासमेत पाइन्छ,” उनले भनिन्, “यसले समाज र परिवारको कारण आफूलाई स्वतन्त्र हुनबाट रोकिरहेका एकल आमालाई जीवन बाँच्ने प्रेरणा दिन्छ। म प्रतिनिधि पात्र मात्र हुँ।” दर्शकलाई परिवारका साथमा चलचित्र हेर्न मानन्धरको आग्रह छ।
यसै चलचित्रमार्फत अभिनयको शुरूआत गरेकी अभिनेत्री प्रमिला कार्कीले पहिलो दर्शक नै चलचित्रकर्मी बन्दा उत्साह र डर दुवै रहेको बताइन्। “निकै हिम्मत जुटाएर अग्रज कलाकारसँग बसेर आफूलाई पर्दामा हेरेँ। उहाँहरूले दिनुभएको प्रतिक्रियाले उत्साहित छु।”
चलचित्रका गीतकार सुरेश वाग्लेले कथालाई अगाडि बढाउन गीतले भूमिका खेलेको बताए। चलचित्रमा आकाश श्रेष्ठ, नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मालगायतका कलाकारको अभिनय छ।
स्वप्निल नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशंकर धुजुले छायांकन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायांकन, सन्देश शाहले सम्पादन तथा रेनिश फागोले रंग संयोजन गरेका छन्। सो चलचित्र असार २९ देखि प्रदर्शन हुँदैछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
