दोलखाका विभिन्न स्थानमा अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता छन्।
दोलखा– दोलखाका विभिन्न स्थानमा गरी अविरल वर्षाका कारण पहिरोमा परी यो साता मात्रै तीन जनाको मृत्यु भएको छ। त्यस्तै चार जना अझै बेपत्ता छन्।
अविरल वर्षापछि आइतबार दिउँसो आएको भेलले बगाउँदा दोलखाको बिगु गाउँपालिका–७ राखामका बाबुछोरा बेपत्ता भएका छन्। आइतबार बिहान घरबाट झन्डै एक घन्टाको दूरीमा रहेको तीनपाटेमा निगुरो टिप्न गएका अन्दाजी ३५ वर्षीय निमदोर्जे शेर्पा र उनको छोरा अन्दाजी १२ वर्षीय पासाङ शेर्पालाई वर्षासँगै आएको भेलले बगाउँदा बेपत्ता भएको वडाध्यक्ष दलबहादुर श्रेष्ठले बताए।
बिहीबार १२ बजेतिर तीनपाटेमा निगुरो टिप्ने क्रममा अविरल वर्षासँगै माथिबाट आएको भेलले बाबुछोरोलाई अम्बाटोल मूलखोलामा पुर्याएकाले बेपत्ता भएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए।
शेर्पा बाबुछोरालाई बगाएको खबर पाउनेबित्तिकै गाउँलेले खोजी शुरू गरेको भए पनि अविरल वर्षाकै कारण भेट्न समस्या भएको स्थानीयको भनाइ छ। बेपत्ता बाबुछोराको घरमा अहिले बूढी आमैमात्र रहेको स्थानीयवासीले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले शेर्पा बाबुछोरालाई वर्षासँगै आएको भेलले बगाएको खबर प्राप्त भएलगत्तै प्रहरी घटनास्थल पुगेर खोजी शुरू गरेको बताए। अविरल वर्षा जारी रहेकाले खोजीकार्य प्रभावित भएको प्रहरीको भनाइ छ।
यो सातामा मात्रै अविरल वर्षाका कारण गत मंगबार तामाकोशी नदीमा तीतेमाछा टिप्न गएको बिगुगापा–२ ओराङका तिरिस तमाङको माथिबाट झरेको पहिराले ज्यान गएको थियो।
गत बिहीबार गौरीशंकर गाउँपालिका–७ मार्बु टोपाटारमा गएको पहिरामा परी सोही स्थानका ५० वर्षीय देवीमाया मगर र १५ महिने नाबालक प्रिन्स थामीको मृत्यु भएको छ भने टोपाटारकै पहिरामा परि अझै दुई बेपत्ता छन्। बेपत्ता हुने टोपाटरकै ६० वर्षीय कृष्ण मगर र ४९ वर्षीय हरिला श्रेष्ठ अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
