पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले सिनेटर अनवार उल हक काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएको छन्।
काठमाडौँ– पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले शनिबार सिनेटर अनवार उल हक काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएको राष्ट्रपतिको सञ्चार शाखाले जनाएको छ। राष्ट्रपति अल्भीले पाकिस्तानको संविधानको धारा २२४ (१ ए) अनुसार काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न उक्त स्वीकृति प्रदान गरेका हुन्।
यसअघि पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले नेशनल एसेम्बली वा संसद्को तल्लो सदनका विपक्षी दलका नेता राजा रियाजसँग विस्तृत परामर्श गरेपछि यस सम्बन्धी सारांश अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाएको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रधानमन्त्री शाहबाज शरीफसँग भेट गरेपछि राजा रियाजले पत्रकारसँगको कुराकानीका क्रममा उक्त निर्णयको पुष्टि गरेका थिए। पाकिस्तानी पत्रिका डनसँग राजा रियाजले भने, "हामी अन्ततः कामचलाउ प्रधानमन्त्रीका लागि अनवार उल हक काकरको नाममा सहमत भएका छौँ।"
काकर मार्च २०१८ देखि पाकिस्तानी सिनेटका सदस्य रहँदै आएका छन्। उनी सन् २०१८ को पाकिस्तानी सिनेट चुनावमा दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट संसदीय सदस्यका लागि स्वतन्त्र उम्मेदवारको रूपमा पाकिस्तानको सिनेटमा निर्वाचित भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
