सांसद सुनिल शर्मालाई शैक्षिक प्रमाणपत्र किर्ते गरेको कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौँ– नेपाल प्रहरीले नेपाली कांग्रेस सांसद तथा मेडिकल कलेज सञ्चालक डा. सुनिल शर्मालाई प्रहरीले पक्राउ गरेको छ। शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बिहीबार अपराह्न पक्राउ गरेको हो।
शैक्षिक प्रमाणपत्र छानबिनका लागि सांसद शर्मालाई नियन्त्रणमा लिइएको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए। “सांसद सुनिल शर्मालाई शैक्षिक प्रमाणपत्रसम्बन्धी कसुरमा पक्राउ गरिएको हो,” उनले भने।
शर्मासँग नक्कली शैक्षिक प्रमाणपत्र रहेकाे भनेर सीआईबीले पहिलेदेखि अनुसन्धान गरिरहेकाे सीआईबी स्रोतका भनाइ छ।
शर्मालाई गल्फुटारस्थित निवासबाट अपराह्न पौने ४ बजे सीआईबीको टोलीले पक्राउ गरेको हो।
शर्मा मोरङ–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सय किलो सुन प्रकरणका विषयमा बोल्दै आएका थिए।
शर्मा नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजका सञ्चालक हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
