सीमापार आतंकवादलाई प्रश्रय दिएको आरोप भारतले पाकिस्तानमाथि लगाउँदै आएको छ। यही अवस्थामा वार्तालाई निरन्तरता दिन नसकिने उसको भनाइ छ।
भारतले पाकिस्तानसँगको सम्बन्धलाई सामान्य बनाउन तयार रहेको बताएको छ। आतंकवावाद र हिंसामुक्त वातावरण बनेमा द्विपक्षीय सम्बन्ध सुधारका लागि वार्तामा बस्न सकिने नयाँ दिल्लीले स्पष्ट पारेको हो।
हालै इस्लामावादमा खनिज शिखर सम्मेलनको उद्घाटन समारोहमा बोल्दै पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले राष्ट्र निर्माणका लागि छिमेकीसँग वार्ता गर्न तयार रहेको बताएपछि त्यसको जवाफमा भारतले हिंसामुक्त वातावरण निर्माणमा जोड दिएको हो।
भारतको विदेश मन्त्रालय (एमईए)का प्रवक्ता अरिन्दम बागचीले भारत पाकिस्तानसँग मैत्रीपूर्ण सम्बन्ध चाहने बताए। “पाकिस्तानी प्रधानमन्त्रीको अभिव्यक्तिबारे हामी जानकार छौँ। यससम्बन्धमा भारतको स्पष्ट र सुसंगत अडान सबैलाई अवगत छ,” उनले भने, “पाकिस्तानसहित हाम्रा सबै छिमेकी देशसँग सामान्य सम्बन्ध कायम गर्न चाहन्छौँ। तर, त्यसका लागि आतंक र शत्रुतामुक्त वातावरण अपरिहार्य छ।”
सन् १९४७ मा स्वतन्त्र भएदेखि नै दुई देशबीचको तनावपूर्ण सम्बन्धको इतिहास भए पनि पाकिस्तानी प्रधानमन्त्री सरिफले राष्ट्रले झेल्नुपरेको आर्थिक कठिनाइलगायत समस्या सामना गर्न भारतसँगको वार्तालाई जोड दिएका हुन्। गरिबी, बेरोजगारी, वित्त, शिक्षा, स्वास्थ्य र जनकल्याणका निम्ति आवश्यक स्रोत अभावमा छिमेकीसँग सधैँ वैरभावका साथ बस्न नहुने उनको निष्कर्ष थियो।
आणविक होडबाजीको सट्टा आर्थिक प्रतिस्पर्धा गर्नु दुवै देशका निम्ति श्रेयस्कर हुने तर्क गर्दै प्रधानमन्त्री सरिफले आपसी चासो र विवादका विषयको निरूपण शान्तिपूर्ण छलफलबाट नगरेसम्म दुवै देश सामान्य छिमेकी हुन नसक्ने बताएका थिए।
पाकिस्तान स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सामान्य हुन सकेको छैन। भारतले पाकिस्तानमाथि सधैँ सीमापार आतंकवादलाई प्रश्रय दिएको आरोप लगाउँदै यही अवस्थामा वार्तालाई निरन्तरता दिन नसकिने अडान दोहोर्याउँदै आएको छ।
सन् २०१९ को अगस्ट ४ मा जम्मू कश्मीरको विशेष दर्जा खारेज गरी त्यसलाई (जम्मु–कश्मिर र लद्दाख) दुई केन्द्र शासित प्रदेशमा विभाजन गर्ने भारत सरकारको निर्णयको विरोधमा इमरान खान नेतृत्वको सरकारले पाकिस्तानका लागि भारतका राजदूतलाई निष्कासन गरेको थियो। उक्त कारबाहीसँगै द्विपक्षीय व्यापार पनि अवरुद्ध भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
